२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

पोखरा, १९ भदौ । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित उनीहरुको घरदैलोमा पुगिरहेको पवनकुमार प्रजापति सहितको टोलीलाई मतदाताहरुको अधिकतम समर्थन मिलेको छ । मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिको दाबी छ । आईतबार घरदैलोको क्रममा प्रजापति र उनको समूह प्रस्यांंग, जिरोकिलोमिटर, मालेपाटन, मासबार, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्तांगचोक लगाएतका स्थानमा पुगेर उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेका थिए ।

संघमा क्रमैसँग आएको नेतृत्व र परिस्कृत सोँचसहितको नयाँ पुस्ताका सदस्य पदाधिकारीहरुको उत्कृष्ट समूह भएकोले उद्योगी व्यवसायीहरुले आफ्नो समूहलाई बढि रुचाएको प्रजापतिको दाबी छ ।

‘हामी जहाँ पनि गैरहेका छौँ, त्यहाँ व्यवसायीहरुबाट एकदमै राम्रो प्रतिकृया पाईरहेका छौँ ।’ अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले भने -‘उद्योगी व्यवसायीहरुबाट पाएको माया र सद्घावले हामीलाई अझै बढि जिम्मेवारी बोध गराएको छ ।’ प्रजापतिले संघको जीवन्तता र उद्योगी व्यवसायीहरुको अभियन्ता बन्ने नारासहित आफूहरु चुनावी मैदानमा होमिएको बताए । हालसम्म करिब ८० प्रतिशत उद्योगी व्यवसायीको घरदैलोमा पुगेर आफ्नो समूहले मत मागिसकेको प्रजापतिले भने ।

प्रजापति समूहले संघमा आबद्ध उद्योगी व्यवसायीहरुको समस्या हल गर्ने र उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउने कार्ययोजनालाई प्राथमिकतामा राखेर आफ्नो पक्षमा मत मागिरहेको छ । समावेशी कार्यसमिति निर्माण गरेको दाबी गर्ने यो समूहले उद्योग वाणिज्य संघमा निर्वाचित भएर आएसँगै उद्योगी व्यवसायीले तत्काल महशुस गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएको छ । प्रजापति समूहले विभिन्न १७ बुंदे घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई अक्षरश पुरा गर्ने वचन समेत घरदैलोको क्रममा दिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…