२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

चुनावी घोषणापत्र र मतदाताको विश्वासलाई कहिलै भुल्ने छैनौं : पोखरेल

पोखरा, भदौ २१ । पोखरा ४ मा आकुरा स्मार्ट लिंक सन्चालन गर्दै आएकी रामा भट्टराई सुवेदी देशको खस्कँदो अर्थ व्यवस्थाबारे चिन्तित छिन् । उत्पादन र बजारीकरण व्यवस्थित नहुँदा धेरै उद्योगी व्यवसायी विस्थापित भए । कोरोना संक्रमणले व्यवसायीलाई विस्थापित मात्रै गरेन, देशकै अर्थ संरचना विथोल्यो । अहिले पनि बजारमा पूरानो अवस्थाको चहलपहल छैन । उद्योगी व्यवसायीको हक हितका लागि खुलेका संघ संस्थाहरु कानमा तेल हालेर बसे । न सरकारसँग समन्वय छ, न राहत प्याकेज । बजार खुलेपनि ब्यापार छैन । आर्थिक मन्दी लागेको छ,’ उनले भनिन्, सीमित व्यवसायीले कमाएपनि धेरै उद्योगी व्यवसायी टाट पल्टिएका छन् । यस्तो दुखमा बोलिदिने कोही छैन ।’ उनले पोखरा उद्योग वाणिज्य संघको नयाँ निर्वाचित हुने टीमले व्यवसायीका मर्कामा मलम लगाउने आशा गरेकी छिन् ।
३४ औं महाधिवेसनका लागि उम्मेद्वारी दिएका अर्जुन पोखरेल नेतृत्वको प्यानलले व्यवसायीका दुख बुझ्न सक्ने उनको विश्वास छ । अर्जुन सर आफै पनि लामो समय उद्योग वाणिज्य संघमा बसेर काम गरिसक्नु भएको छ । संघमा नेतृत्वले धेरै ठूलो प्रभाव पार्छ,’ सुवेदी भन्छिन्, अरुले भन्दा अलि बढि व्यवसायीहरुको समस्या र गुनासो बुझ्नुभएको छ । त्यसैले यो प्यानललाई सबैले साथ दिनुपर्छ भन्ने लाग्छ ।’ अर्जुनले कोरोना संक्रमणपछि व्यवसायीका पक्षमा दैनिक पैरवी गरिरहेका छन् । पोखरेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पैरवीका कार्यक्रम ल्याउने घोषणा नै गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारले चालू वर्षका लागि ल्याएको बजेट र नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई निरुत्साहित गरेको प्रतिक्रिया उनको छ ।
सरकारी बजेटले कर प्रणाली, व्यवसाय नविकरण, बैंकका ब्याज लगायतका विषयहरु स्पष्ट उल्लेख नगर्दा मर्का परेको बताए । भदौ २४ र २५ गते हुने निर्वाचनमा आफूले जितेमा ति समस्या समाधानका लागि निरन्तर लाग्ने उनको प्रतिबद्धता छ । मत माग्न जाँदा अनुभवी युवाको समूह भनेर हौसला दिनुभएको छ । यसमा निकै खुशी छौं,’ पोखरेल भन्छन्, चुनावी घोषणापत्र र मतदाताको विश्वासलाई कहिलै भुल्ने छैनौं । पोखरालाई अर्थतन्त्रको सक्षम बजारका रुपमा स्थापित गर्ने धोको छ ।’ व्यवसायीको गुनासा सुन्न घरदैलोमा हिंडेको टोलीले सोमबार चिप्लेढुंगा, पराजुली मार्ग, सिद्धार्थचोक, मानव अधिकारचोक, पृथ्वीचोक, पोखरा मल, औद्योगिक क्षेत्र लगायत ठाउँमा पुगेर उद्योगी र व्यवसायीहरुसँग भलाकुसारी गरेको छ ।
ॅजहाँ गएपछि उत्साह बढेको छ । औद्योगिक क्षेत्रमा सबैले ढुक्क हुनुस् भन्नुभएको छ,’ पोखरेलले अघि भने, सबैको साथ छ । चुनाव जित्ने विश्वास छ ।’ औद्योगिक क्षेत्रका सबै उद्योगीहरुसँग प्यानलले औपचारिक छलफल गरेको थियो । छलफलका क्रममा सबैले सहयोग गर्ने बचन दिएका छन् । पोखरेल प्यानलले ८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेर मत मागिरहेको छ । उनीहरुले आगामी २ वर्ष भित्रमा संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा पोखरा लगानी सम्मेलन गर्ने, विदेशी लगानी भित्र्याउन पहल गर्ने र स्थानीय लागनीकर्तालाई थप लगानी गर्न प्रेरणा प्रदान गर्ने घोषणापत्र छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् । आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको पोखरेलले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…