२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अग्रस्थानमा, चार स्वर्ण

पोखरा । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कूल १३ स्वर्ण मध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो ।

गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप चार काँस्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक काँस्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदुर पश्चिमले एक रजत जित्न सक्यो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टीम, रिकर्भ मिक्स टीम, कम्पाउण्ड मेन टीम र स्टान्डर्ड मेन टीममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टीम र स्टान्नर्ड मिक्स टीममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपीएफले कम्पाउण्ड मिक्स तर्फ स्वणर् हात पारेको हो ।

रिकर्भ मेन टीममा गण्डकीले नेपाल पुलिसलाई फाईनलमा सोझो तीन सेट मा जित्यो । अशिम शेरचन, गंगा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले ३-० स्कोरले जितेको हो । तेस्रो स्थानमा रहेको एपीएफले सुदुरपश्चिमलाई जित्यो ।

रिकर्भ मिक्स टीमतर्फ गण्डकीका गंगा कुँवर र रोजिना थापा मगरको जोडीले बिराट थापा र गीता खत्री सम्मिलित एपीएफलाई ५-३ स्कोरले पराजित गरेको हो । ४-२ स्कोरको अवस्थामा निकै प्रतिष्पर्धात्मक खेलमा रोजिनाले अन्तिम टार्गेट चुक्न दिइनन् । आर्मीले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

कम्पाउण्ड मेन टीम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो । योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टीमले एपीएफलाई १४४-१४१ स्कोरले हरायो । आर्मीले सुदुरपश्चिमलाई पराजित गर्दै काँस्य पदक हात पारेको हो ।

स्टान्डर्ड वुमन टीम नेपाल आर्मीले प्रदेश १ लाई ६-० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा बिक, सरु तमाङ, खड्ग कुमारी थापा मगर र तुलसी थापा मैदान उत्रेका थिए । यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै काँस्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुश्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए ।

स्टान्डर्ड मिक्स टीमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा बिक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुश्का शेरचन खेलेका थिए । एपीएफले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

कम्पाउण्ड मिक्स टीममा एपीएफले गण्डकी प्रदेशलाई १४७-१३० स्कोरले हराउँदै स्वणर् जित्यो । सुदुरपश्चिमले वाकओभर दिँदा आर्मीले काँस्य जित्यो ।

स्टान्डर्ड मेन टीमतर्फ गण्डकीले सुदर पश्चिमलाई सोझो तीन सेटमा हरायो । गण्डकी टीममा दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारी मैदान उत्रिएका थिए । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो । अन्तिम दिन बुधबार ६ वटा स्वणर्का लागि खेल हुनेछन् ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…