28Shares

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी खेलमा सबै प्रतियोगीताहरु सकिएका छन् । असोज २९ गते संचालन भएको पौडी प्रतियोगीतामा  मंगलवार विहान भएको हिट चरणको पौडी खेलमा नेपाल आर्मीका एलेक जेण्डर शाहले ५० मिटर फ्रि स्टाइलमा आफ्नै रेकर्ड व्रेक गरेका छन् ।
पोखराको फिस्टेल एकेडेमीमा भएको पौडी खेलमा यस अघिको उनकै नाममा रहेको २३ः९० सेकेण्डको रेकर्ड तोड्दै २३ः५७ वनाएका छन् ।
आज विहान भएको हिट २ सय मिटर फ्रलाई पौडीमा एनआरएनका आशिष थापाले यस अघि रहेको एन आरएनका नाम्चे दोर्जे लामाको नाममा रहेको २ः१८ः१० मिनेटको रेडर्कलाई तोका छन् । निर्धारीत दुरी थापाले २ः१६ः४३ मा पुरा गरेका थिए ।
आज साझ भएको ४ सय मिटर फाइनल इभेन्टमा एनआरएनका आसिस थापाले ४ः३५ः३६ः४ रेकर्ड वनाएका छन् । उनले प्रारम्भीक समय ४ः५८ः३९ रहेको थियो ।
१ सय मिटर व्याक्स्ट्रोकमा नेपाल आर्मीकी दुवाना लामाले प्रारम्भीक समय १ः१७ः७६ रहेको मा सुधार गर्दै १ः१६ः६३ समय दुरी पुरा गरिन् ।
सय मिटर पुरुष व्यास्ट्रोक  पौडीमा प्रदेश १ का विकास कुमालले प्रारम्भीक समय १ः०८ः८६ को दुरीलाई १ः०७ः९३ मा दुरी पुरा गर्दै स्वर्ण पदक जितेका छन् ।
२ सय मिटर वटरफलाई  पुरुष पौडीमा एनआरएनका आशिष साप्कोटाले प्रारम्भीक दुरी २ः१६ः४३ रेकर्डलाई तोड्दै १ः०७ः९३ मा निर्धारीत दुरी पुरा गरेका थिए । पोखरामा भएका पौडीका ३५ इभेन्टहरु संचालन भएका थिए ।
३५ इभेन्टका पौडी प्रतियोगीतामा आर्मी क्लवले सवै भन्दा धेरै २० स्वर्ण ९ रजत र ७ कास्य सहत ३६ पदक जित्दै पहिलो वनेको छ । एनआरएन ले ९ स्वर्ण ६ रजत र १ कास्य सहित कुल १६ पदक सहित दोसो वनेको छ ।
पौडीमा एपिएफ तेस्रो वनेको छ । ३ स्वर्ण ४ रजत र ६ कास्य सहित १३ पदक हात पारेको छ । प्रदेश १ ले २ स्वर्ण ४ रजत र १ कास्य प्राप्त गरेको छ । नेपाल पुलिस क्लवले १ स्वर्ण ८ रजत र १० कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले ४ रजत र १० कास्य प्राप्त गरेको छ ।
पोखरा खेलकुदको शहर वन्न सक्छः अध्क्षय वज्राचार्य
पोखरामा संम्पन्न भएको पौडी प्रतियोगीताले खेलाडीहलाई पनि निकै हौसला मिलको बताउनु भयो । सरकारले किर्तीमान वनाउनेलाई विशेष सम्मान दिने कुराले झन खेलाडीहरुमा हौसला मिलेको वज्राचार्यले बताउनु भयो  ।
उहाँले भन्नु भयो, “पोखरा खेल पर्यटनको निकै सम्भावना रहेको ठाँउ हो, खेलाडीहरुले यहाँको सुन्दर प्राकृतीक स्थलको अवलोकन गर्दे आफ्नो खेल देखाउन पाए धेरै अभिभावकको समेत उपस्थिति देखियो पोखरा खेलकुदका लागी साच्चै उत्कृष्ठ छ अव संरचना निर्माणमा ध्यान दिनु पर्छ । ”

28Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected