२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

फेक समाचारमा विश्वास नगर्नू : काँग्रेस माओवादी

काठमांडौ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फेक समाचारमा विश्वास नगर्नआममतदातालाई आह्वान गरेका छन्। सामाजिक सञ्जालहरुमा दुई दलबीच फाटो ल्याउने दुरासयले सूचनाहरुसम्प्रेषण भएपछि कांग्रेस–माओवादीले संयुक्त रुपमा आह्वान गरेका हुन्। 

कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिवहरुले शनिबार दिउँसो संयुक्त वक्तव्य जारी गरेरप्रतिष्ठित अनलाइन मिडियासमेतको दुरुपयोग गरेर दुई दलबीच फाटो गराउने दुराशयले सामाजिकसञ्जालहरुमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्।  

‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस रनेकपा माओवादी केन्द्रलगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् रगठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन्,’ वक्तव्यमा भनिएको छ। 

निर्वाचनको अन्तिम घडीमा आममतदातामा अन्योल सिजर्ना गर्ने रचिएको भ्रमपूर्ण षडयन्त्रले राजनीतिकपराजयको मानसिकता पुष्टि भएको दुवै दलको ठहर छ। ‘निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योलसिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टिगरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण  र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमाआह्वान गर्दछौं।’

कांग्रेस र माओवादीले भ्रम सिर्जनालाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडाकानुनी कारबाही लागि निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका छन्। उनीहरुले अपराधपूर्ण काममासंलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग मागसमेत गरेका छन्।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…