11Shares

पोखरा  पोखरामाराष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ हुने भएको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हुने मेला मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा संचालन हुनेछ

व्यापार मेला पोखरा महानगरपालिकाको सहयोग एवम् नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजनमालगानीको सम्वर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धनभन्ने उद्देश्यसहित मेलाको आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको कार्यसम्पादन समिति अन्तर्गत सल्लाहकार समितिका अलावा विभिन्न २५ वटा उपसमिति पनि गठन भइसकेका छन्

समिति मेलाको तयारीमा जुटिसकेको स्टल बुकिङको काम पनि तीव्र गतिमा भइरहेको अध्यक्ष प्रजापतिले बताएका छन् मेलामा डोमतर्फ ७८, अटोका ४५ अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टलरहने छन्

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो

मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु. सय विद्यार्थीको लागि रु.६० कायम गरिएको मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरुको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको

मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुटको व्यवस्था मिलाइएको मेलाबाट अनुमानित करोडको कारोबार हुने अनुमानित खर्च रु ८५ लाख कटाउँदा १५ लाख बचत हुने अनुमान गरिएको यसवर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवर्द्धन गर्न तथा व्यवसायीहरुको क्षमताअभिवृद्धिको लागि खर्च गरिने अध्यक्ष प्रजापतिले बताए

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected