२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

व्यापार मेला सफल बनाउने बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुले यही मंसिर १६ गतेदेखि पोखरा नयाँबजारमा सुरु हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’लाई हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले पोखरामा आयोजना हुने व्यापार मेला सफल हुँदा आर्थिक गतिविधि चलायमान हुने धारणा पनि व्यक्त गरेका छन् ।
मेला तयारीको क्रममा आइतबार भएको बैठकमा बोल्दै कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष रामकली खड्काले महिला उद्यमी,हस्तकला तथा लघुउद्यमीहरुका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने उपयुक्त थलो नै मेला भएको बताइन् । आफ्ना सामानको ब्राण्डिङ गर्न तथा उपभोक्ताहरुको धारणा बुझ्न पनि यस्ता मेलामा सहभागिता जनाउनुपर्ने उनको भनाइ थियो । उनका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटीइभिटी ) सँगको सहकार्यमा कास्की जिल्ला हस्तकला संघले मेला परिसरभित्रै विभिन्न ४ खालको तालिमको प्रबन्ध गरिएको छ । हस्तकलाका सामग्री कसरी बन्छन् भन्ने बुझ्न तालिम लाभदायक हुने उनको भनाइ छ ।
पोखरा हार्डवयर एसोसियसनका अध्यक्ष शेषकान्त ढकालले राष्ट्रिय औद्योगिक व्यापार मेला सफल हुँदा त्यसको फाइदा सबै व्यवसायी र पोखरेलीले पाउने बताए । उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउँदा नयाँ बजार खोज्न सजिलो हुने उनको धारणा थियो । फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेलले मेलामा गुणस्तरीय सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गरिनुपर्ने सुझाव दिए । सिद्धार्थचोक–चिप्लेढुंगा व्यवसायी संघका अध्यक्ष डिबी भुजेलले उपभोक्ताका चाहना र आवश्यकता अनुसारका बस्तु तथा सेवाहरु मेलामा राखिनुपर्नेमा जोड दिए । सर्वेश्वर मार्ग व्यवसायी संघका अध्यक्ष बालकृष्ण भण्डारीले राष्ट्रिय औद्योगिक व्यापार मेला व्यवसायीहरुको ठूलो पर्व भएको धारणा राखे । कास्की जिल्ला मुद्रण संघका अध्यक्ष किरण श्रेष्ठले मेलालाई सफल बनाउन हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गरे । मेलाले बजारलाई आवश्यक जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । पृथ्वी  होटल संघका अध्यक्ष बालकृष्ण न्यूरेले मेलाले सेवा उद्योगको प्रवद्र्धनमा पनि सघाउने धारणा राखे भने फलफूल तथा तरकारी बिक्रेता संघका रामकृष्ण दवाडीले मेलामा कृषि उत्पादनहरुलाई विशेष प्राथमिताका साथ प्रदर्शन गरिनुपर्ने सुझाव दिए । कस्मेटिक व्यवसायी संघकी दुर्गा बरालले मेलालाई महिला उद्यमशीलता विकास गराउने थलोको रुपमा विकास गर्नुपर्ने बताइन् । मेलाको बस्तुगत संघ संस्था समन्वय उपसमिति संयोजक तथा आयोजक पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य लेखनाथ सुवेदीले बस्तुगत संघहरुसँगको सहकार्यबाट मात्र मेला सफल हुने धारणा राखे । बैठकमा उठेका जिज्ञासाहरुको संघका अध्यक्ष पवनकुमार प्रजापति, बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलगायतले उत्तर दिइको महासचिव तथा मेला प्रचार प्रसार उपसमितिका संयोजक बलराम आचार्यले बताए । पोखरा उद्योग वाणिज्य संघको आयोजनमा हुने मेला मंसिर १६ देखि २६ गतेसम्म चल्नेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…