२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

मंसिर १५ गतेदेखि पोखरामा व्यापार मेला

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका करिब ७५ प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् ।
यही मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलामा डोम तथा साधारणतर्फका गरी करिब ७५ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठले जानकारी दिए । मेलामा २५० को हाराहारीमा स्टलहरु रहेको जानकारी दिँदै उनले भने,‘ गण्डकी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको उत्पादन तथा नवप्रवर्तनलाई बढावा दिने खालका सामग्रीहरुको लागि हामीले विशेष स्टलको व्यवस्था गरेका छौँ,हामी उहाँहरुलाई स्टल राख्नको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।’ उनले कृषि,महिला तथा हस्तकलाका सामग्री प्रदर्शनको लागि केही स्टलहरु रिजर्भ राखिएको पनि बताए । उनले बाँकी रहेका स्टल बुकिङ खुल्लै रहेको पनि बताए ।
स्वदेशी उत्पादनको प्रवद्र्धन,बजारीकरण एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउने उदेश्यले आयोजित मेलालाई भव्य र सभ्य बनाउन सबैजसो तयारी अन्तिम अवस्थामा पुगेको आयोजक संस्थाका महासचिव तथा प्रचार–प्रसार उपसमितिका संयोजक बलराम आचार्यले जानकारी दिए । उनका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम  महाकालीसम्मका उत्पादनहरुको प्रदर्शनी तथा बिक्री गरिनेछ । मेलाअन्तर्गत समावेश गरिएका मनोरञ्जनात्मक कार्यक्रम,खानाका स्टलहरुले अवलोकनकर्तालाई सन्तुष्ट बनाउने उनको जिकिर छ । यसैबीच मेलाको मुख्य प्रायोजक पोखराकै प्रतिष्ठित लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्स रहने भएको छ । नेपालमा बढ्दो भौतिक निर्माण एवं आत्मनिर्भर अर्थतन्त्रको लागि स्वदेशी स्टिल्स कम्पनीहरुले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै नेपालकै पुृरानो ब्राण्ड राष्ट्रिय औद्योगिक व्यापार मेलालाई समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रुपान्तरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।
‘सिमेण्ट, छड,स्टिल्सलगायतका निर्माण सामग्रीहरु नेपालमै उत्पादन हुनु खुसीको कुरा हो’,उनले भने,‘यसले नेपाली पूँजी नेपालमै राख्न मद्धतमात्र गर्दैन, उद्यमशीलता र रोजगारीलाई पनि प्रोत्साहित गर्छ, मेलाको उदेश्य नै स्वदेशी उद्यमशीलताको विकास भएकाले स्वदेशी उद्योगको प्रवद्र्धन गरिएको हो ।’

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…