
0Shares
पोखरा भ्यूज
१६ मंसिर, रुपन्देही । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । गोली कसले र किन प्रहार भएको भन्ने केही खुलेको छैन।
स्थानीय चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको प्रहरीले बताएको छ। गोली लागेर घाइते भएका खानको भारतस्थित गोरखपुर गोरखपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । गोली हान्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















