२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

माउण्ट अन्नपूर्णमा विभिन्न तीन क्लव गठन

पोखरा भ्यूज

पोखरा । पोखरा–३, नदिपुर स्थित माउण्ट अन्नपूर्ण स्कुलमा विभिन्न तीनवटा क्लब गठन गरिएको छ । कक्षा ११ र १२ व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरूको व्यक्तित्व एवम् नेतृत्व विकास गर्ने उद्देश्यले बिभिन्न तीनवटा क्लवहरु गठन गरिएको बिधालयका +२ संयोजक कृष्ण लम्सालले जानकारी दिए । 

शुक्रवार बिधालयमा गठन गरिएका क्लबमा गेम्स एन्ड स्पोर्टस, सोसल सर्भिस र म्युजिक, आर्ट एण्ड लिटरेचर क्लब गरी तिन वटा रहेका छन् । कक्षा १२ का छात्राछात्रले नेतृत्व गरेको क्लबमा गेम्स एन्ड स्पोर्टसमा अनिशा महर्जन, सोसल सर्भिसमा शुस्मिता देवकोटा र म्युजिक, आर्ट एण्ड लिटरेचरमा आशिष तामाङले नेतृत्व गरेका छन्।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति गुरूङले बिधार्थीहरूलाई शिक्षण सिकाइ क्रियाकलापको साथ साथै उनिहरुको क्षमता अभिवृध्दि गर्नको लागि यस्ता क्लबहरूले महत्वपुर्ण भुमिका खेल्ने बताउदै सबैलाइ समूहमा काम गर्दाको फाइदा बारे प्रकाश पारेका थिए ।

बिधालयका प्राचार्य सइन्द्र राज श्रेष्ठले बिधार्थी मैत्री वातावरण निर्माण गर्न आफु लगायत समग्र बिधालय ब्यावस्थापन समिति सदैव प्रयत्नरत रहेको कुरा जानकारी गराए ।

कार्यक्रममा सबै शिक्षक तथा बिधार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गर्दै +२ का संयोजक कृष्ण लम्सालले बिद्यालयको सौर्न्दयता, बिधार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन र शैक्षिक गुणस्तर अभिबृद्दिगराउने कुरामा बाल क्लबले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने कुरामा ज़ोड दिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…