२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

‘आभ्या स्याटर्डे मार्केट’मा उपभोक्ता बाक्लिंदै

पोखरा भ्यूज

पोखरा । पोखराको घारिपाटनस्थित आभ्या क्लवले शुरु गरेको ‘आभ्या स्याटर्डे मार्केट’ मा सहभागिहरुको संख्या बढ्दै गएको छ । पोखरा र आसपासका घरेलु उत्पादनको बजारिकण गर्दै उत्पादित सामान सिधै ग्राहक समक्ष पुर्‍याउने उद्येश्यका साथ सञ्चालित मार्केटमा स्टल राख्ने व्यवसायी तथा उपभोक्ताहरुको उपस्थिती बाक्लिंदै गएको हो । गत हप्तादेखि क्लव परिषरमा यो मार्केट शुरु भएको थियो । परम्परागत रुपमा सञ्चालन हुने ‘हार्ट बजार’ कै कन्सेप्टमा शुरु गरिएको आभ्या मार्केटमा पोखरा र वरपरका कृषी उत्पादन फलफुल, तरकारीदेखि मोटरसाइकल सम्मका स्टलहरु रहेका छन् ।

रेष्टुरेण्ट, क्याफेका बेकरी आइटमदेखि सेलरोटी, तरकारी तथा नर्सरीका सामान पनि यो मार्केटमा पाइने आभ्या क्लवका निर्देशक किरण केसीले जानकारी दिए । मार्केटका खाल्सेका सुन्तलादेखि लोमाङथानको आलुका स्टल थिए । उच्च हिमाली क्षेत्र लोमाङथानको आलुको स्टल उपभोक्ताको रोजाइमा पर्दा व्यापारी छिमी लामा दंग थिए । ‘बाहिर पाउने भन्दा केहि सुपथ मुल्यमा बेचेको छु, हिमालको आलु उपभोक्ताले रुचाउनुभयो’-उनले भने ।

क्लवले हरेक शनिबार विहान ८ बजेदेखि दिउँसो १ बजे सम्म यहाँ यो मार्केट सञ्चालन गर्दै आएको क्लवका निर्देशक निरोज लामाले जनाए । हप्ताको एक पटक सञ्चालन हुने यो बजारमा जो केहिले पनि स्टल राख्न पाउने लामाको भनाई छ । ‘यो हाम्रो प्रयास हो, व्यवसायीहरुले ग्राहकलाई आकर्षित गर्न सक्नुभयो भने बजार पक्कै लामो समय सम्म चल्ने छ’-लामाले भने ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…