२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र स्थापना हुने

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ स्थित विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । सोमबार गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी. ले पर्यटन सूचना केन्द्रको शिलान्यास गरेका छन् ।

गाउँपालिका भित्रिने पर्यटकहरुलाई सहि सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तब्य र गतिबिधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवर्धन गर्ने, पर्यटकहरुलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एबम संस्कृति सहित पर्यटन सम्बन्धि सम्पूर्ण सूचना प्रदान गर्ने उद्देश्यले एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी. ले बताए ।

“कृषि,पर्यटन,उर्जा र पूर्वाधार ; अन्नपूर्ण समृद्धिको आधार “ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आएको गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि बिभिन्न गतिबिधि गर्दै आईरहेको छ । साथै गाउँपालिकाको मुख्य आय श्रोतको रुपमा पर्यटन रहेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले पर्यटन सूचना केन्द्र संचालनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको र पर्यटन बिकास र प्रवर्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

सोमबार आयोजित शिलान्यास कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन शिक्षा अधिकृत बलराम भुगाईले गरेका थिए ।

गाउँपालिकाका सूचना प्रबिधि अधिकृत ई. सूर्य तिमिल्सिनाले नव प्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत सूचना केन्द्र स्थापना हुन लागेको बताए । उनका अनुसार सूचना केन्द्र संगसंगै बिस्तृत पर्यटन पोर्टल र मोबाइल एप्लिकेसन मार्फत समग्र गाउँपालिकाको पर्यटकीय गन्तब्य र गतिबिधिको समेत जानकारी लिन सकिने छ । प्रबिधियुक्त हुने सूचना केन्द्रमा अग्मेन्टेड रियालिटी र भर्चुअल रियालिटी मार्फत भर्चल टुर समेत गर्न सकिने  छ ।

अन्नपूर्ण गाउँपालिका पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको पालिका हो । विश्वकै प्रख्यात पर्यटकीय गन्तब्य अन्नपूर्ण आधार शिबिर, घान्द्रुक, लान्द्रुक, घोरेपानी, अस्ट्रेलियन क्याम्प, पोथाना, भदौरे लगायतका गन्तब्य यही पालिका अन्तर्गत पर्दछन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…