115Shares

पोखरा । पोखरा१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई तमु समाज इजराइलले सोमवार ब्लाङकेट वितरण गरेको

आश्रममा बस्दै आएका ६० जना बृद्धहरुलाई सल्यान पोखरा तमु समाजका अध्यक्ष देउकाजी गुरूङ, अन्नपूर्ण गाउँपालिका कास्की वडा नं. का वडा सदस्य विजय गुरूङ, समाजसेवी श्याम गुरूङ, सलमान गुरूङ, हिमाल गुरूङ, सुधांशु गुरूङ, मोहन गुरूङले ६० थान ब्लाङकेट हस्तातरण गरेका हुन्

घर परिवारबाट बिभिन्न कारणले विस्थापित भई आश्रय स्थलमा बस्दै आएका बृद्धहरुलाई सहयोग गर्ने उदेश्यले चिसो मौसममा ओडनको निम्ति ब्लाङकेट वितरण गरिएको तमु समाज इजराइलका प्रतिनिधि श्याम गुरूङले बताए

आश्रममा हाल ६६ जना महिला तथा बालबालिका आश्रित छन् आश्रमबाट एक वर्षअघि करिव सय जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको भने छोरेपाटन आश्रममा हाल महिला आश्रित बालबालिकासहित ६६ जना रहेका सहसंयोजक सम्झना बर्तौलाले जानकारी दिएकी छन्

115Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected