२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

१८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु

पोखरा – १८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ। ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सवको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा तालचोकस्थित डाँडाकोनाकमा आयोजना गरिएको महोत्सव १८ गतेसम्म चल्नेछ। २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएकोमा तीन वर्षपछि लेखनाथ महोत्सवको पहिलो संस्करण भएको थियो। लेखनाथको पहिचान र चिनारीका लागि महोत्सवले भूमिका खेलेको महोत्सव मूल संयोजक छत्रधर आत्रेयले बताए । उनले अब महोत्सवको स्वरुप परिवर्तन गर्न आवश्यक रहेको बताउँदै भने, ‘महोत्सवको ट्रेन्ड परिवर्तन हुनुपर्ने आवश्यकता देखिएको छ। हामी पनि सच्चिदै छौँ। यसपालि महोत्सव परिर्वतन भएको केही सांकेतिक परिदृश्य देखाउने छौँ।’

महोत्सवमा २३७ स्टल रहने छन्। पुराना प्रविधिबाट बनेका माटाका भाडा, बाँसको चोयाले बनेको डोको, परालको गुन्द्री, फलामका भाडावर्तन र दृष्टिविहीनले बनाएको अगरबत्तीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ।

महोत्सवमा विभिन्न जातीय भेसभुसा, कला र संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने, आन्तरिक तथा बाह्यपर्यटकहरूलाई आकर्षण गर्ने र विशेष आन्तरिक पर्यटनलाई बढावा दिइने संघले बताएको छ । 

यस्तै जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज र संस्कृति झल्किने उत्कृष्ट नृत्य प्रतियोगिता, झाँकी र्‍याली, भेषभुषा प्रदर्शनी, हास्यव्यङ्ग्य प्रहसन, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक तथा दोहोरीकार्यक्रम र युवाका लागि लक्षित लाइभ कन्सर्ट पनि हुने छन्। 

२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए। उनका अनुसार १० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य छ।

९५ लाख रुपैयाँ आम्दानी हुँदा १० लाख रुपैयाँ बचत गर्ने ओझाले बताए। महोत्सवले अर्थतन्त्र चलायमान बनाउने उनले बताए। ‘कोरोना, रुस–युक्रेन युद्धलगायतका कारणले वित्तीय क्षेत्रमा देखापरेको तरलता अभाव र चर्को ब्याजले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने छ’, उनले भने।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…