
पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराको संचालक समितिको अध्यक्षमा विरेन्द्र नारायण विजुक्छे निर्वाचित भएका छन । मंगलवार सम्पन्न निर्वाचनमा विजुक्छेले २ सय ६९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी सोमनाथ बरालले १ सय ४४ मत मात्र प्राप्त गरेका थिए ।
पोखराको धेरै विधार्थी रहेको पव्लिक क्याम्पसको रुपमा स्थापित गुणस्तरीय पढाई हुने क्याम्पसको रुपमा परिचित जनप्रिय बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष बन्नुलाई पोखराको शैक्षिक क्षेत्रमा प्रतिष्ठाको रुपमा हेर्ने गरिएको छ ।
त्यस्तै, क्याम्पस संचालक समितिको सदस्यहरु एकल संक्रमणीय निर्वाचनबाट चयन गरिएका थिए । जस अनुसार राजेन्द्र पहारी, गणेश बहादुर अधिकारी, रंगिला आचार्य, बिजय आचार्य, ध्रुव चालिसे, नम्रता बराल, कृष्ण तिमिल्सिना, शोभा मोहन पौडेल, ऋषिराज गौतम, इन्द्र प्रसाद पौडेल, अर्जुन श्रेष्ठ र युवराज पराजुली निर्वाचित भएका छन् ।














