124Shares

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ पुष २९ ३० गते हुने भएको म्याग्दीको बेनीमा हुने तेस्रो क्याविनेट मिटिङको तयारी तीव्र पारिएको आइतवार पोखरामा डिष्ट्रिक्टका सिनियर पदाधिकारीलाई जानकारी दिन आयोजित छलफल कार्यक्रममा जानकारी गराईएको

२९ गते क्याबिनेट पदाधिकारीहरुको बैठक ३० गते सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक जिल्ला समन्वय समितिको सभा हलमा हुने संयोजक सन्तोष रावलले जानकारी दिए

क्याविनेट मिटिङ सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट ३२५ आई नेपालका ग्लोबल मेम्बरशिप एप्रोच डिष्ट्रिक्ट कोअर्डीनेटर एवं लायन्स क्लब अफ बेनी म्याग्दीका पूर्व अध्यक्ष सन्तोष रावलको समयोजकत्वमा विभिन्न उपसमिति गठन गरी म्याग्दी स्थित सम्पूर्ण क्लबलाई जिम्मेवारी प्रदान गरिएको

जसमा रजिष्ट्रेशन काठमाण्डौ क्षेत्रको लागि बेनी म्याग्दी, रजिष्ट्रेशन पोखरा क्षेत्रको लागि म्याग्दी दोभान, स्वागत सत्कार (टिका, रूमाल, चक्लेट फुल) म्याग्दी दोभान बेनी महारानी, गभर्नर दम्पतिलाई मगर ड्रेस बेनी महारानीलाई जिम्मेवारी दिईएको

यसैगरी, खाना तथा आवास बेनी सिटी म्याग्दी दरबांग, किट ब्याग म्याग्दी दोभान बेनी म्याग्दी, हल ब्यबस्थापन तथा सजावट बेनी पिस सिटी, बेनी महारानी लभ्ली हिल, स्वागत ब्यानर तथा स्वागत गेट निर्माण बेनी मल्लाज, पार्कींग बेनी सिटी, साउण्ड सिस्टम बेनी म्याग्दी मायाको चिनो तथा एवार्ड बेनी पिस सिटीलाई प्रदान गरिएको

म्याग्दीमा राम्रो व्यवस्थापनसहित क्याबिनेट मिटिङ सञ्चालन हुदैछ,’ रावलले भने, ‘करिब हजार भन्दा बढीलायन्स सदस्यलाई स्वागत गर्ने गरी तयारीमा होमिएका छौं

लायन्स क्लब अफ म्याग्दी बेनी म्याग्दी पर्वतस्थित सम्पूर्ण लायन्स क्लबहरूको संयुक्त व्यवस्थापनमा क्याबिनेट मिटिङ हुँदैछ

म्याग्दीमा आयोजना हुने क्याबिनेट मिटिङले म्याग्दीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने आयोजकको दावी रहेको

प्रत्येक / बर्षमा आयोजना हुने म्याग्दी महोत्सव चलिरहेको समय आयोजित यो क्याबिनेट मिटिङ म्याग्दीकोलागि गौरवको कुरा हो, उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने विश्वास गरिएको रावलले बताए

रजिष्ट्रेसन  सहजताकालागि पोखरा एरिया र काठमाँड़ौ एरियामा संयोजक तोकिएको पोखरा क्षेत्रमा रजिष्ट्रेसन सहजताका लागि डिष्ट्रिक्ट कोअर्डीनेटर ऋषि गिरी र जोन चेयरपर्सनद्वय बिना पाईजा चोचाङगे र कल्पना गुरूङ साथै काठमांडौ क्षेत्रमा रिजनचेयरपर्सन संगीता शर्मा जोन चेयर पर्सनद्वय बबिता रोका र गोविन्द लेखकले संयोजन गरेका छन् 

धेरै रजिष्ट्रेसन गर्ने महिला क्लब, सबै भन्दा धेरै रजिष्ट्रेसन गर्ने अन्य क्लब १५ जना भन्दा बढ़ी रजिष्ट्रेसन गर्ने क्लबहरूलाई विभिन्न उपहारको व्यवस्था गरिएको

124Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected