गठबन्धनमा फुटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति
- December 25, 2022
- 1494

0Shares
पोखरा भ्यूज
१० पुस, काठमाडौं । सरकारको नेतृत्व र पद बाँडफाटका विषयमा कुरा नमिलेपछि गठबन्धनमा फुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सासंदको समर्थन जुटेको नेताहरुले बताएका छन् । प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सघाउने सहमति भएको हो ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।
0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।













