
पोखरा भ्यूज
२४ पुस, धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।उनी ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
प्रहरीले दिएको जानकारी अनुसार ब्यास गाउँपालिका वडा नं. ४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएका हुन् ।
बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भएका थिए । तर शनिबार मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो । बेपत्ता बालकको खोजी कार्य तीव्र पारिएको छ ।
बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएका हुन् ।











