0Shares

पोखरा भ्यूज
१ माघ, पोखरा । चालक दलसहित ७२ यात्रु लिएर काठमाडौंबाट पोखराका लगि उडेको यति एयरलाईन्सको जहाज आइतवार विहान पोखराको सेति खोचमा दुर्घटनाग्रस्त भएको छ ।

हान साढे १० बजे काठमाडौंबाट उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । ६८ यात्रुमध्ये ३ र ३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनार नजिकैको खोचमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाएका ३२ जनाको शव निकालिएको उद्दारमा संलग्न सुरक्षा अधिकारीले बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रत्यक्षदर्शीका अनुसार आकाशबाटै जहाज अनियन्त्रित भई उल्टो अवस्थामा सेती खोंचमा बजारिएको र लगत्तै आगोको मुस्लो निस्किएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected