२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

गण्डकी सरकारले मनायो ‘स्थापना दिवस’

पोखरा, ४ फागुन । गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस -२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो ।
सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन गरेका थिए ।
विमोचन पश्चात सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले आम नागरिक र राजनीतिक व्यत्तित्वहरुको समन्वयमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे ।
उनले यसअघिका सरकारले आधारशीला तयार गरिसकेको बताउदै वर्तमान सरकारले कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताएका थिए ।
यस्तै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व पङ्तिमा रहेका व्यक्तिहरुले चुनौतीमा अवसर देख्नुपर्ने तर्क राखे ।
उनले चुनौती भित्र समस्या देख्ने व्यक्तिहरु सफल हुन नसक्ने भन्दै चुनौतीमा अवसर खोज्नुपर्ने दोहोर्याए । ‘नेतृत्वमा बस्ने र रहनेहरुले चुनौतीमा अवसर देख्नुपर्छ र चुनौतीमा समस्या देख्नेहरु नेता हुन सक्दैनन् । त्यसैले चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ ।’ उनले भने । उनले आफु नेतृत्वको सरकारले संघीय सरकारसँग स्वायत्तताका लागि संघर्ष गरेको स्मरणसमेत गरेका थिए ।
सो कार्यक्रममा निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख कृष्ण प्रसाद धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रमकाबीच उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै विभिन्न ३ विधामा १० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।
सहिदपार्कस्थित सहिद स्तम्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता सुन्दास, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानूनमत्री रोशन बहादुर गाहा थापा, उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बेद बहादुर गुरुङ, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रेशम जुग्जाली लगायतले माल्र्यापण गरि प्रभातफेरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
सो र्याली पोखरा सभागृहमा आएर मुल समारोहमा परिणत भएको थियो ।
प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…