
पोखरा भ्यूज
२५ फागुन, काठमाडौं । राष्ट्रपति चयनका लागि भएको मतदान केहीबेर अघि सकिएको छ । मतगणना ४ बजेपछि सुरु गर्ने कार्यतालिका छ । रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।
निर्वाचनमा ५१ जना मतदाता सहभागी नभएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले जनाएको छ ।संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान नगरेका हुन् ।

राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ सांसद छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य छन् ।त्यस्तै संघीय संसदका सदस्यहरु वर्षमान पुन, चन्द्र भण्डारी, लक्ष्मी साह कोइरी, टेकबहादुर गुरुङले पनि मतदानमा सहभागी हुन नसकेनन् ।
फौजदारी अभियोग लागेका महतो फरार छन् भने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका गुरुङ निलम्बित छन् । त्यस्तै पुन र भण्डारी उपचारका क्रममा देश बाहिर छन् ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रवि लामिछाने पदमुक्त भएका थिए भने जसपाका सहनाज रहमानको निधन भएको थियो । जसपाकी प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवले पनि बिरामी भएका कारण मतदानमा सहभागी नभएको स्रोतले बतायो ।







सम्बन्धित खवर
















