
पोखरा भ्यूज
२५ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नेता सुवासचन्द्र नेपाललाई हराउँदै गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन् ।
पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद ९२४ हजार ७ सय २७ (मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ ९२४ हजार ८ सय ६४ (मतभार) सांसदले मत दिएका थिए ।
चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्दछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।यद्यपि राप्रपाका १४ जना सांसदले मतदान प्रक्रियामा भाग लिएनन् ।
त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।












