२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्य

१८ औं फेवा नबवर्ष महोत्सव चैत्र २९ गतेदेख़ि

पोखरा, ९ चैत । नयाँ बर्षका अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ ।
चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको छ । लेकसाइडका विभिन्न स्ट्रिट अन्तर्गत होटलहरु समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवका संयोजक समेतका रहेका सुवेदीले सल्लाहकारसहितको बैठकले उपसमितिका संयोजक र एरिया संयोजकहरु तोक्ने काम सम्पन्न गरेको बताए ।
कार्यक्रममा बोल्दै सुवेदीले अहिले होटलहरुमा ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सिजनमा नै आएर १५ देखि २० प्रतशित मात्र अकुपेन्सी हुँदा होटलललाई संचालन खर्च धान्न पनि मुश्किल परेको बताए । गत माघ १ गते पोखरामा भएको यति एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उनले स्मरण गराए ।
कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्धेश्य भएको बताए । यतिको जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उनले सिजनको वेला होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद पक्ष भएको भनाई राखे ।
संघका सल्लाहकार विश्वशंकर पालिखेले महोत्सवमा नयाँपन दिन सके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनिया संस्कृति सम्बन्धि कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव राखे । अर्का सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र संवेदनशिल उद्योग भएको बताउँदै यसलाई जोगाउन सकारात्मक पक्षहरुको उजागर गर्नुपर्ने सुझाव राखे । सल्लाहकार लक्ष्मीवहादुर भट्टराईले सुत्नेवेला बैंकले साँवा र ब्याजको ताकेता गर्दा व्यवसायी अफ्ठ्यारोमा परेको दुःखेसो पोखे ।
कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने छ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि भनाई राखेका थिए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…