२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
अर्थ र वाणिज्य

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा आत्रेयको उम्मेद्वारी

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिएका छन् । साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न आवश्यक रहेको र आफू त्यसका लागि काम गर्ने तयारीसहित महासंघमा जान लागेको आत्रेयले बताए । ‘व्यवसायीका समस्या केकस्ता छन् मलाई जानकारी छ,’ उनले भने, ‘बर्तमान समयमा सम्पूणर् निजी क्षेत्र समस्या छ । साना तथा मझौला व्यवसायी अझै बढी पीडामा छन् । म उनीहरुको सुख दुखको सारथी बन्न चाहन्छु ।’
कुन ठाउँका व्यवसायीका समस्या के कस्ता छन् पत्ता लगाई एकीकृत गरेर नीतिगत सुधार तथा समाधानका लागि लाग्ने उनले बताए । ‘हामीले महासंघमा गएर गर्न सकिने कुरा धेरै छन् । अब काम गर्नुपर्छ,’ उनले भने, ‘कतिपयमा आन्दोलन, विरोध तथा हड्ताल गरेर समस्या समाधान हुन्छ भन्ने धारणा पनि छ । तर, त्यो समाधानको उपाय होइन । अब नीतिगत तहमा नै हाम्रा एजेण्डालाई पुर्याउन आवश्यक छ ।’
अहिलेको परभेषमा व्यवसायीले रोजगार कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन जरुरी रहेको बताए । ‘राज्यबाट व्यवसाय प्रवर्द्धनका लागि विभिन्न प्याकेज आएका छन्, अनुदानका कुरा आएका छन् तर प्रभावकारी रुपमा कार्यान्वयन भएका छैनन् । राज्यले अध्ययन नै नगरि बनाईका नीति तथा कार्यक्रमका कारणले गर्दा कुनैपनि कुरा राम्रो हुन सकेको देखिएको छैन । स्थानीय सरकार, प्रदेश सरकार, संघिर सरकार सवैले गहिरिएर निर्क्यौल गरेर समाधानका उपाय पत्ता लगाएर अगाडी बढ्न आवश्यक छ,’ आत्रेयले भने ।
महासंघमा पद र पहिचानका लागि धेरै अनुहार आएपनि समस्या समाधानका लागि खासै उल्लेखनीय काम हुन नसेको उनले बताए । व्यवसायीका समस्या समाधानका लागि पहल तथा निराकरण गर्नुका साथै महासंघसँग जिल्ला तथा नगरका उद्योग वाणिज्य संघको सम्वन्धलाई थप प्रगाढ बनाउन पनि आफूले उम्मेदवारी दिएको उनले बताए ।
जिल्ला तथा नगरतर्फबाट महासंघको केन्द्रीय सदस्यमा आफूलाई अत्याधिक मत प्राप्त हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…