२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

आलु महोत्सव आइतवार समापन हुदै

पोखरा, २ बैशाख ।हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार समापन हुने भएकोछ ।
समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्वोधन गर्ने कार्यक्रम छ । त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुनेछन्।
महोत्सव अन्र्तगत शनिवार आज रत्यौली गीत प्रतियोगिता भएको छ ।त्यस्तै लोकदोहोरीतर्फ प्रिन्स लम्साल, रामजी पौडेल र पारु गुरुङ साथै पपतर्फ अस्मिता अधिकारी, टुकी र डिमोर्चा व्याण्डले प्रस्तुति राखेको छ ।
त्यस्तै आइतवार कलाकारहरु नविन पौडेल, गगन गुरुङ, परशुराम अधिकारी, वसन्ती थापा र कमला केसीका प्रस्तुतिहरु रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिनुभयो ।
शनीवार महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले हेमजामा प्रर्याप्त आलु उत्पादन हुनुपर्ने भन्दै खेतीयोग्य जमिन वर्षिनी घट्दै जानु दुखद् भएको औंल्याउनुभयो ।उहाँले शिक्षालाई व्यवहारिक बनाउनुपर्ने स्पष्ट पार्दै आउदाँ वर्षहरुमा आलु महोत्सव गर्नका लागि सरकारी स्तरबाट बजेट व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
महोत्सव अन्त्यतिर आउदाँ कृषि स्टलतर्फ दर्शकको आकर्षण बढेको पाइएको छ ।त्यहाँ आलुका जातका अलवा तरकारीजन्य सामग्री, बोट विरुवा, कृषि औजार, प्राङगारिक मल लगायतका कृषि स्टलहरु रहेका छन् ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेले दर्शकलाई जानकारी दिने उद्देश्यले विभिन्न ४१ जातमा आलुको प्रदर्शनी पनि गरिरहेको छ ।त्यहाँ उन्मोचन भएका १० जात, परीक्षणमा रहेका ११ जात, खेतवारीमा लगाइराखिएका उन्मोचोन्मुख ६ जात तथा क्षेत्रीय स्तरका हावापानीमा सुहाउदाँ जातको पनि प्रदर्शन गरिएको निर्देशनालयमा प्राविधिक अधिकृत चन्द्राकान्त तिमिल्सीनाले जानकारी दिनुभयो।उहाँले मानिसहरु कृषि पेशाप्रति उदार बन्दै गएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो ।
महोत्सव स्थलमा कृषिजन्य सामग्री बेच्दै आउनु भएकी ललिता कृषि फर्मकी प्रोप्राइटर ललिता थापाले आफ्नो स्टलमा राम्रै व्यापार भइरहेको उल्लेख गर्दै महोत्सवलाई आउँदा वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…