२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
देश

संघिय संसदलाई भट्टराईको आवश्यक छ : महामन्त्रीद्वय थापा र शर्मा

तनहुँ, ६ वैशाख । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र बिश्व प्रकाश शर्माले संघिय संसदलाई गोबिन्द भट्टराई चाहिएको बताएका छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँले भट्टराईलाई छान्ने र भट्टराईले संसदमा सशक्त भुमिका खेल्ने उनिहरूले बताएका छन् ।
नेपाली काङ्ग्रेस लगायतका बाम लोकतान्त्रिक गठवन्धनको मंगलबार दमौलीमा आयोजितसभालाई सम्बोधन गर्दै महामन्त्री गगन कुमार थापाले संसदमा गोविन्द भट्टराई जस्तो शालीन सांसद चाहिएको बताए । उनि जे गरेपनि ताली बजाउने साँसद नभइ प्रश्न उठाउने सांसद हामीलाई चाहिएको भन्दै प्रश्न उठाउन सक्ने सांसद गोविन्द भट्टराई भएको बताए ।
हाम्रा युवाहरू दैनिक ३ हजारको आसपासमा नेपाल छोड़र बिदेश जाने गरेका छन् भन्दै थापाले स्वदेशमा रहेको युवा शक्ति बिदेश जानुपर्ने बाध्यता हुँदा तरकारी देखिका खाद्यान्नहरू समेत बिदेशबाट आयात भएको खानपर्ने बाध्यता रहेको बताए । तत्कालको समस्या समाधान गर्दै अहिलेको गठवन्धन सरकारले अवको ५ बर्ष भित्र
मान्छे कतार पठाउने होईन, कतार सामान पठाउने अवस्था ल्याउनुपर्ने गरि काम गर्नुपर्ने थापाले बताए । काम गर्ने र नतिजा देखिने काम हामीले गर्नुपर्छ भन्दै थापाले भोली गरौला, अर्को बर्ष गरौला भन्ने समय हामीलाई नभएको बताए ।
सभालाई सम्बोधन गर्दै अर्का महामन्त्री बिश्व प्रकाश शर्माले गाउँ बुझेको अर्थशास्त्री गोविन्द भट्टराई भएको बताए । दुखको बेला आमा बुवा दाजुभाइ भन्दै हिँड्ने त यहीँ तनहुँका गोबिन्द भट्टराई हुन् नि, अरू उम्मेदवार त कहिले कसलाई कहाँ पो बोलाउन आएका थिए र ? शर्माले भने । यसकारण पनि तनहुँको माटोले चिनेको गोविन्दले पक्कै जित्ने छ उनले विस्वासका साथ भने ।


साँसद बनाउनु भनेको भरोसा हो भन्दै शर्माले निरासाको रोटी सेक्ने होईन आशाको बत्ती जगाउने काम गर्नुपर्ने हुँदा भट्टराईलाई जिताउनुपर्ने बताए । महामन्त्री शर्माले आवेगको राजनीति कहिल्यै नटिक्ने भन्दै नयाँ दल त्यस्तै आवेग उदय भएको बताए । गोविन्द भट्टराईको नेतृत्वमा रहेको नेविसंघमा अहिले भएका दुवै महामन्त्री कुनै बेला सँगै बसेको स्मरण गर्दै शर्माले त्यागि, धैर्यवान र शालीन नेता गोविन्द भट्टराई भएकोले तनहुँवासिले अत्याधिक मतका साथ जिताउने बताए । उनले काङ्ग्रेसलाई रूपान्तरण गर्ने र बलियो काङ्ग्रेस बनाउने काम हामीले गरिरहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका महामन्त्री देव प्रसाद गुरूङले देशलाई अहिलेको गठवन्धन आवश्यक परेकाले बनेको बताए । यो गठवन्धन ५ बर्ष टिक्ने गुरूङको भनाइ थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् तनहुँ २ का सांसद शंकर भण्डारीले गोविन्द भट्टराईलाई जिताउन आँफु धेरै दिन देखि गाउँ गाउँमा घुमेको र सबैले भट्टराईलाई जिताउन आँतुर रहेको भनेको बताए । उक्त अवसरमा तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँ पानीले मात्रै नभइ शिक्षा, स्वास्थ्य र अन्य थुप्रै पुर्वाधार र बाटोका कुराहरूले पनि तिर्खाएको हुँदा ती सबै आबस्यकताहरू आँफुले पूरा गर्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बाराका सांसद कृष्ण कुमार श्रेष्ठ किसानले भट्टराईलाई जिताउन शंकर भण्डारी र किसान श्रेष्ठ नै काफि भएको बताए ।

नेपाली काँग्रेस तनहुँ ब्यास नगर समितिका सभापति सुर्यचन्द्र हड्खलेको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल , हरिबहादुर चुमान , शिव लाल थापा, डिला संग्रौला, ओमराज  आले, अर्जुन गुरूङ, बसन्त दरै र श्रीप्रसाद भट्टराईले बोलेका थिए ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…