२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

उर्जाको बचतले प्रतिस्पर्धी क्षमता बढाउँछ : पोउवा संघका अध्यक्ष प्रजापति

पोखरा, २७ वैशाख । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उर्जाको बचत गर्नु भनेको खर्च घटाउनु र प्रतिस्पर्धी क्षमता बढाउनु भएको बताएका छन् । मितव्ययी र प्रभावकारी उर्जा बचतबाट मुनाफा बढने र वातावरण संरक्षणमा सहयोगसमेत पु¥याउने उनको भनाइ छ ।
अध्यक्ष प्रजापति पोखरा उद्योग वाणिज्य संघ तथा जर्मन सहयोग नियोग ९जीआइजेड० ले बुधबार पोखरामा आयोजना गरेको उद्योग तथा व्यवसायमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत विषयक कार्यक्रममा बोल्दै थिए । उनले उद्योग÷व्यवसायको क्षेत्रमा प्रयोग गरिने उपकरणहरुको सामान्य सुधारले पनि उर्जा खपत कम गर्न सकिने धारणा राखे । उनले भने,‘ हामीले अव नवीकरणीय र हरित उर्जा प्रयोग किन आवश्यक छ भन्नेबारे सचेतना बढाउनुपर्ने देखिएको छ ।’ अध्यक्ष प्रजापतिले नेपालको व्यापार घाटा कम गराउन पनि उर्जा बचत जरुरी रहेको बताए ।
जमर्न सहयोग नियोग जीआइजेडले उर्जा बचत कार्यक्रममा नेपाललाई सघाउँदै आएको छ । कार्यक्रममा बोल्दै जीआइजेडका निर्देशक संजयप्रसाद गोर्खालीले नेपालमा एकातिर उर्जा उपभोग बढाउनुपर्ने र अर्कोतिर उर्जाको बचत गर्नुपर्ने आवश्यकता रहेको बताए । उर्जाको उपभोग बढ््नुलाई नागरिकको जीवनस्तर बढेको रुपमा लिइन्छ ।
उर्जा प्रयोगको अवस्थाको परीक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै जीआइजेडका सल्लाहकार ज्ञानेन्द्रप्रसाद उपाध्यायले कुनै उद्योग वा प्रतिष्ठानले कति उर्जा खपत गरेको छ र कहाँनेर चुहावट भएको छ भन्ने बुझ्नको लागि उर्जा अडिट गर्नुपर्ने धारणा राखे ।
ग्रिन परियोजनाका निर्देशक सुदन कायस्थले ५७ वटा उद्योगमा गरिएको अडिटबाट सामान्य सुधारले पनि १२ प्रतिशतभन्दा बढी उर्जा बचत गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद तथा महासचिव बलराम आचार्यको धन्यवाद रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलाभ श्रेष्ठ,राष्ट्रिय वाणिज्य बैंकका कर्जा अधिकृत हेमराज भट्टराई,पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य माधव बस्ताकोटी र टीकाराम सुवेदीले पनि धारणा राखेका थिए । जर्मन सरकारको सहयोगमा उर्जा बचत कार्यक्रमलाई अनुदान पनि प्रदान गर्दै आइएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…