२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कोटगाउँ आमा समूह, घान्द्रुकको भवन निर्माण कार्य पूरा

पोखरा भ्यूज
घान्द्रुक २७ वैशाख । अन्नपूर्ण गाउँपालिका वडा नं. १० स्थित कोटगाउँ आमा समूहले आफ्नै सामुदायिक भवन निर्माण गरेको छ । जग्गादाता कप्तान पदमलाल गुरुङले भवन निर्माण गर्ने जग्गा उपलब्ध गराएपछि उक्त जग्गामा आमा समूहले सामुदायिक भवन निर्माण गरेको हो ।

करिव ४९ लाख ९० हजार ९८३ रुपियाँको लागतमा भवन निर्माण कार्य पूरा भएको कोषाध्यक्ष आइबहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापबाट रु. २० लाख रुपियाँ सहयोग प्राप्त भएको थियो भने ५ लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो। बाँकी रकम देश विदेशमा रहनुभएका घान्द्रुकेहरुको संगठित संघसंस्थाबाट सहयोग प्राप्त भएको थियो ।

यसैबीच कोटगाउँ आमा समूहले वुधबार आयोजना गरेको एक बीच समाजसेवी उक्त नवनिर्मित भवनको कप्तान पद्मलाल गुरुङले उद्घाटन गरेका छन् । उनले जन्मथलो घान्द्रुकका लागि खास केही गर्न नसके पनि पुख्र्यौली जग्गा आमा समूहलाई हस्तान्तरण गरी सामुदायिक भवन निर्माण सहयोग गर्न सकेकोमा खुशी लागेको बताए ।

पूर्वमन्त्री प्रकाश बहादुर गुरुङले जग्गा दान जस्तो पुण्य कर्म अरु केही नभएको चर्चा गर्दै जग्गादाताको कर्मको मुक्तकण्ठले प्रशंसा गरे । उनले सामाजिक सेवा भावबाट मात्र विकास हुनेमा जोड दिए । कार्यक्रममा जग्गादाता एवं चन्दाताहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा विविध साँस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । त्यस क्रममा आमा समूहको तर्फबाट जग्गादातालाई समेत सम्मान गरिएको थियो ।

कोट गाउँ आमा समूहका अध्यक्ष सुष्मा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चन्दाताका तर्फबाट नन्दकुमारी गुरुङ, मेश्रम वराह माविका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मेजर ललितमान गुरुङ, समाजसेवी कप्तान रुपबहादुर गुरुङ, तमु प्यल्हु संघका अध्यक्ष प्रेम गुरुङ, तत्कालीन घान्द्रुक गाविसका उपाध्यक्ष तीलबहादुर गुरुङ, कोट गाउँ आमा समूहका अध्यक्ष सविता गुरुङ लगायतका वक्ताहरुले सामाजिक क्षेत्रको विकास र पूर्वाधारका विविध पक्षबारे चर्चा गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…