२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

‘अन्नपूर्ण दर्पण-१’ सार्वजनिक

पोखरा । अन्नपूर्ण गाउँपालिका कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए ।
जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीले ‘अन्नपूर्ण दर्पण-१’ पुस्तक सार्वजनिक गरेका हुन् ।
एक वर्षमा १५ वटा कानून पारित गरिएको, ५० प्रतिशत शुल्कमा नागरिकको स्वास्थ्य बीमा, घरमै बसेर सबै खाले राजस्व तिर्न सक्ने व्यवस्था गरिएको, युवालाई गाइड तालिम दिइएको, पर्यटक सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको, रैथाने बाली प्रवद्र्धनलाई पहल गरेको, सुशासनका लागि बिहान १० बजे नै कर्मचारी कार्यालय हाजिर भएर राष्ट्रिय गानमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको र शाखा प्रमुखको नियमित बैठक गरिँदै आएकोलगायत काम गरिएको पुस्तकमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कार्यकालको एक वर्ष केही नयाँ कामको सुरूआत र सिकाइमा बितेको बताए । आफूहरू नीति तथा कार्यक्रम, बजेटको तयारीमा रहेको र सबै क्षेत्रका जानकार, स्थानीयसँग छलफल गरेर ल्याउने उनले सुनाए । ‘गहन छलफल गरेर नीति तथा कार्यक्रम ल्याउँछौं । हिजो के गर्नुपर्ने के थियो र के गर्न सकिएन भन्ने हेर्छौं । त्यसलाई अहिले सुधार्छौं,’ अध्यक्ष केसीले भने ।
विकास निर्माणको काममा दलीय हिसाबले लाग्न नहुने केसीको भनाइ थियो । जसले योजना ल्याए पनि त्यसले गाउँ बन्ने भएकाले एकजुट हुनुपर्ने उनले बताए । ‘संघ र प्रदेशसँग बजेट मागेका छौं । सबैले कहाँ कसको पहुँच पुग्छ त्यहाँ योजना मागौं,’ अध्यक्ष केसीले भने, ‘बाटो राम्रो बन्यो भने त्यो सबैलाई राम्रो हुने हो ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवरले एक वर्षको समीक्षा गरेर अबको चार वर्ष नागरिकको सेवामा अझै गम्भीर भएर लाग्नुपर्ने बताए । पर्यटनमा अन्नपूणर्को सम्भावना धेरे भएकाले त्यसैअनुसारका योजनामा जोड दिन उनले गाउँपालिका नेतृत्वलाई आग्रह गरे ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…