
एजेन्सी
कर्नाटक, भारत । भारतको कर्नाटक राज्यका नवनियुक्त मुख्यमन्त्री सिद्धारमैयाले मुख्यमन्त्रीको सपथ लिएका छन् । उनले शनिबार बेंगलुरुको कांतिरवा रंगशालामा आयोजित एक विशेष समारोहबीच मुख्यमन्त्रीको सपथ लिएका हुन् । उनी भारतीय कंग्रेसका वरिष्ठ अध्यक्ष समेत हुन् ।
त्यस्तै कंग्रेस प्रदेश अध्यक्ष डीके शिवकुमारले उपमुख्यमन्त्रीका रूपमा शपथ लिए । शपथग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित थिए । शपथ ग्रहण कार्यक्रममा तमिलनाडुका मुख्यमन्त्री स्टालिन, बिहारका मुख्यमन्त्री नीतीश कुमार, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री कमलनाथ उपस्थित रहेका थिए ।
त्यस्तै शपथग्रहण कार्यक्रममा राष्ट्रवादी कंग्रेसका अध्यक्ष शरद पवार तथा नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्ला पनि उपस्थित थिए। त्यस्तै छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, बिहारका उपमुख्यमन्त्री तेजस्वी यादव, सीपीआईका नेता डी राजा र सीपीएमका नेता सीताराम येचुरी पनि उपस्थित थिए ।
सिद्धारमैया जमिनीस्तरबाट उदाएका नेता हुन् । जनता परिवारबाट राजनीतिक यात्रा सुरु गरेका उनी सन् २००६ मा कंग्रेसमा आबद्ध भएका थिए । उनी एचडी देवेगौडाको जनता दल ९सेक्युलर० छाडेर कंग्रेसमा आएका थिए । उनी देवराज उर्सपछि कर्नाटकको मुख्यमन्त्रीमा पूर्ण कार्यकाल रहने दोस्रो व्यक्तिसमेत हुन् । १३ मे, २०१३ देखि १७ मे २०१८ सम्म उनी कर्नाटकको १४औं मुख्यमन्त्रीका रूपमा रहेका थिए ।
कर्नाटकका नागरिकबीच उनको लोकप्रियताका अघि कंग्रेस प्रदेश अध्यक्ष शिवकुमार पछि परेका हुन् । तर कंग्रेसले कर्नाटकको जितमा ुवान पर्सन शोु हुन नदिने बताएको छ । पार्टीमा सामूहिक प्रयत्ननले नै प्रदेशमा जित हासिल गरेको सन्देश जाओस् भन्ने उद्धेश्यले शीर्ष नेतृत्व आलोपालो प्रणालीमा जाने निर्णयमा पुगेको हो ।बीबीसी हिन्दीसँगको कुराकानीमा राजनीतिक विश्लेषक डी उमापति भन्छन्, ुसिद्धारमैया जनताको बीचमा निकै लोकप्रिय छन् । उनी लालूप्रसाद यादव झै ग्रामीण छवि भएका नेता हुन् । त्यसो त दुई नेताबीच तुलना गर्न सकिँदैन तर सिद्धारमैया र लालू दुवै गाउँले लवज नै बोल्छन् । सिद्धारमैयाका बारेमा मानिसहरूलाई थाहा छ कि उनी सधैं तल्लो तप्कामा रहेकाहरूको भलाइका बारेमा सोच्छन् । सरकार चलाउने उनको शैली पनि गज्जब रहेको छ ।ु
शिवकुमारलाई नै पहिलो कार्यकाल मुख्यमन्त्री बनाउन कंग्रेस हिच्किचाउनुको एउटा कारण हो स् केन्द्र सरकारले पुरानो मुद्दा खोतल्ने । शिवकुमारमाथि आयकरलगायतका कानुन उल्लंघन गरेको आरोप छ । शिवकुमारलाई अनुसन्धानका लागि केन्द्रीय जाँच एजेन्सीले गिरफ्तार गरेर तिहाड जेलमा समेत राखेको थियो । त्यहीबेला उनलाई भेट्न सोनिया गान्धी जेल पुगेकी थिइन् । चुनावी नतिजापछि उक्त क्षण सम्झिँदै शिवकुमार भावुकसमेत भएका थिए ।राजनीतिक विश्लेषक उमापति भन्छन्, ुमुख्यमन्त्रीको कुर्सीमा शिवकुमारको हक छ भन्नेमा दुईमत छैन । उनी पार्टीप्रति वफादार छन् । संशाधन जुटाउन पनि माहिर छन् ।ु शिवकुमार बेंगलुरु ग्रामीण लोकसभा क्षेत्रमा प्रभावशाली मानिन्छन् । उनको प्रभाव अहिले कर्नाटकको दक्षिण जिल्लामा समेत फैलिएको बताइन्छन् ।
मे १० मा भएको चुनावमा भाजपालाई हराउँदै कर्नाटकमा कंग्रेस पुनस् सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कंग्रेसले १३५ स्थानमा जित हात पारेको छ । यसअघि सन् २०१८ मा १०४ सिटमा जित हात पारेको भाजपा भने यसपटक ६६ सिटमा खुम्चिएको छ । त्यस्तै कर्नाटकको राजनीतिमा ुकिंगमेकरु का रूपमा रहेको जनता दल सेक्युलरले भने १९ सिटमा जित हात पार्यो । यसअघि उसले ३७ सिटमा जित हात पारेको थियो ।





