
पोखरा भूज
१२ जेठ, काठमाडौं । माओवादीका सासंद राजन दाहाले एमाले अध्यक्ष केपी ओली माथि संसदमा लगाएको आरोप अभिलेखबाट हटाउनु पर्ने माग राख्दै नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक २० मिनेटका लागि स्थगित गराएका छन् ।
सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएका थिए । एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको हो ।
संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने आजको कार्यसूची छ ।











