२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यलाई तिब्रता दिएको छ ।

गाउँपालिकाले पालिका अन्तर्गतका सबै संघ संस्थाहरु, राजनैतिक दल, बुद्धिजीवि, विज्ञ, व्यवसायी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम अन्नपूर्णवासी नागरिकहरूसँग चरणबद्व रूपमा सुझाव संकलन कार्यलाई तिब्रता दिएको हो ।

यसै सन्दर्भमा बुधवार अन्नपूर्ण गाउपालिकामा स्थाइ घर भई पोखराबाट राष्ट्रिय एवं स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा साहित्यकार र कलाकारहरुसँग सुझाव लिने काम सम्पन्न गरेको छ ।

सुझाव संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र प्रसाद पौडेल, आदर्श समाज दैनिक सम्बाददाता श्रीभद्र पौडेल, स्वतन्त्र पत्रकार घनश्याम पौडेल, अधिवक्ता एवं पत्रकार बिष्णुप्रसाद अधिकारी लगाएतको उपस्थिती थियो भने कला र साहित्यको क्षेत्रबाट लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रिय सचिव जिवन दाहाल, राष्ट्रिय भजन चुटकाका केन्द्रीय उपाध्यक्ष प्रेम अधिकारी, साहित्यकार अम्बिका भण्डारीलगायतको उपस्थिती रहेको थियो ।

पालिकाले यसअघि सामाजिक विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति, विधायनसमिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वजेट तथा कार्यक्रम तर्जुमा समिति, स्थानिय राजश्व परामर्श समिति र श्रोत अनुमान तथा वजेट सिमा निर्धारण समितिसँग सुझाव संकलन गर्ने कार्य सम्पन्न गरिसकेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले जानकारी दिए ।

उनले पालिकाको बृहत बिकास र समुदायको स्तर उन्नतीका लागि पत्रकार तथा कलाकारको भूमिकाका बारेमा चासो व्यक्त गरेका थिए ।

उपास्थित संचारकर्मीले अन्नपूर्ण गाउपालिकाको बारेमा सञ्चार नीति बनाइ अगाढी बढ्नु पर्ने, लेखनबृती तथा पुरस्कार स्थापना जस्ता कुरा गर्न सके पत्रकार तथा सञ्चार माध्यमहरुले प्रसस्त सकारात्मक सदेश फैलाउनसक्ने राय सुझाव राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा, वडा नं. ७ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता भरतमान गुरूङ, वडा नं. १ का वडाध्यक्ष तुलसीप्रसाद अधिकारी, शिक्षाशाखा प्रमुख बलराम भुगाईलगाएत पालिका कर्मचारीहरुको उपस्थिती थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…