२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पत्रकार महासंघ बागलुङमा तालाबन्दी

जेठ ३२, बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाका निर्वाचित अध्यक्ष नरेश कंडेललाई महासंघ केन्द्रीय समितिले कुनै समन्वय नगरी र जिल्लाको यर्थात नबुझि पत्रकार महासंघको विधान विपरित गरेको कार्यको विरोध गर्दै तालाबन्दी गरेको हो । युनियनले महासंघको कार्यालयमा एक विज्ञप्ती टाँस गरी तालाबन्दी गरेको छ । युनियनले पत्रकार महासंघ केन्द्रीय कार्यालयले विधान विपरित गत जेठ २१ गते उपाध्यक्षलाई कार्यबहाकको जिम्मेवारी दिएको प्रति ध्याकर्षण गराउँदै तालाबन्दी गरेको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तले बताए ।
विधानमा जिल्ला शाखामा कार्यबहाक दिने जिम्मेवारी स्वयं शाखा अध्यक्षमा नै निहित हुन्छ यस्तो अवस्थामा केन्द्रले अधिकार मिति गरिएको निर्णयले विवाद उत्पन्न हुँदै आएको छ । यसको विरोध स्वरुप युनियन बागलुङले तालाबन्दी गरेको हो विज्ञप्तीमा उल्लेख गरिएको छ । युनियन बागलुङले यो विषयमा महासंघको केन्द्र र प्रदेश समितिमा लिखित र मौखिक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताएको छ ।
नेपाल पत्रकार महासंघको विधान विपरित दिएको कार्यबहाक जिम्मेवारी फिर्ता लिन, किर्ते निर्णय गरेर केन्द्रलाई पत्रचार गर्नेलाई कारबाही गर्न र पत्रकार महासंघलाई विधान अनुसार संचालन गर्न युनियनले माग गरेको छ । यस्ता समस्याको समाधान र निकासका निम्ती ताला लगाउन बाध्य भएको अध्यक्ष पन्तले बताए । महासंघले विधान विपरितका कार्य तत्काल नसच्चाएमा थप आन्दोलन गर्न बाध्यहुने युनियनले बताएको छ । विज्ञप्तीमा पत्रकार महासंघले निर्धारण गरेको कार्यविधि अनुसार सदस्यता शुद्धिकरण गरी महासंघलाई पेशागत रुपमा मर्यादित संस्थाको रुपमा विकास गर्न युनियन सदैव तयार रहेको बताईएको छ । युनियन तयार हुँदा पनि पछिल्लो समयमा बागलुङ शाखामा उत्पन्न विवादहरुको निरुपण नगरी शुद्धिकरणको नाममा मनोमानि ढंगबाट गरिएको निर्णय युनियनलाई मान्य नहुने बताईएको छ । युनियनको उपस्थिति विना कुनै विवाद बल्झाउने निर्णय भए थप प्रतिरोध गर्ने जनाईएको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…