27Shares

माछापुच्छ्रे, कास्की । माछापुच्छ्रे गाउँपालिका वडा ४, वडा कार्यालयले वुधवार आ.व ०८०/८१ को योजना तर्जुमा विशेष अन्तरक्रिय कार्यक्रम गरेको छ । उक्त अवसरमा आ.व ७९/८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो ।

योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरि विषयगत वडा स्तरीय विज्ञ समुहको सहकार्यमा वडाको योजना अघि बढ़ने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिए । पालिकाबाट वडाका लागि गत आ.व. मा ८० लाख बजेट बिनियोजन भएकोमा यस आ.वमा मात्र ५३ लाख बिनियोजन भएको जानकारी गराए ।

कार्यक्रमका बीच नेपाली कांग्रेसका वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडा अध्यक्ष टेक बहादुर श्रेष्ठ, रा.प्र.पा वडा अध्यक्ष विजय अधिकारी, रा.स्व.पा वडा अध्यक्ष भुपेन्द्र कुंवर, साथै अन्य पाटीका प्रमुख प्रतिनिधि, साथै बिभिन्न टोल विकास संस्थाका अध्यक्षहरु, क्लबका अध्यक्ष, शिाक्ष, स्वास्थ्य, खानेपानी एंव अन्य संघ संस्थाका प्रतिनिधिहरुले प्रतिनिधित्वमुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।

जसअन्र्तगत वडा सिमाना, मर्दी सेतीको संरक्षण, सार्वजनिक जग्गाको खोजि एवं संरक्षण, लाहाचोक पुरन्चौर जोडने मोटरपुलको निर्माण, उच्च शिक्षा विकासका लागि बिद्यालयहरुमा स्वरोजगार प्राविधिक शिक्षालय,पालिका हस्पिटल, एक पालिका एक खेलग्राम अन्र्तगतको महेन्द्र मा.वि खेलमैदान, मर्दि रिर्भर पार्क, लाहाचोक अर्मला खुमै पैदलमार्ग, अर्मला प्याराग्लाईडिङ्ग हब, पातिखोला गुफा, बानेटाकुरा मन्दिर प्रबर्द्धन, कृषिउपज संकलन केन्द्र, चोक चोकमा सडक वत्ती, मर्दिपुल प्रवेश गेट संगै एक्पोलर लाहाचोक डिजिटल होडिङ वोर्ड,फोहोर व्यवस्थापन, लगायतका योजना निर्माण गर्नुपर्ने कार्यक्रमका वक्ताहरुको जोड रहेको छ ।

कार्यक्रमको अन्त्यमा वडाध्यक्ष अधिकारीले समृद्ध लाहाचोक निर्माणका लागि सरोकारवाला सबैसंग हातेमालो गर्न वडा सधै तयार रहेको स्पष्ट पारे । वडाध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भुवदेव अधिकारीले गरेका थिए ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected