२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

कांग्रेसको प्रचार बिभाग बिस्तार, कास्कीका पराजुली र गुरुङ सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति एबं पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागलाई बिस्तार गरेका छन् ।
सभापति देउवाले पार्टीको विधान २०१७ ( संशोधनसहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा विभिन्न जिल्लाका व्यक्तिहरुलाई मनोनयन गरी बिस्तार गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गठित नया कार्यसमिति अन्तर्गत विभिन्न विभागका संयोजकहरु तोकिएको भएपनि विभागहरुले पुर्णता पाउन नसकेकै अवस्थामा पहिलो पटक सूचना, सन्चार तथा प्रचार विभाग बनाईएको हो ।

विभागमा मनोनित हुने ३९ जना मध्ये कास्कीबाट दुई जना रहेका छन । जस अनुसार लामो समय पत्रकारितामा क्रियाशील रहेर पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका गंगाधर पराजुली र राज बहादुर गुरुडं दुई जना सदस्य मनोनित भएका छन ।

पराजुलीले नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष सहित नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको पनि केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन । उनी हाल नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य समेत हुन ।

यसैगरि राज बहादुर गुरुडं पनि लामों समय पत्रकारितामा सक्रिय रहेर हाल नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रचार समितिको सदस्य सचिवको रुपमा कार्यरत छन । गुरुडं पनि नेपाली कांग्रेसको पुर्व महाधिवेशन प्रतिनिधि र यस अघि डा. मिनेन्द्र रिजाल र बिश्वप्रकाश शर्मा प्रमुख हुंदा प्रचार विभागको दुई पटक सदस्य र हाल मान बहादुर बिश्वकर्मा प्रमुख हुंदा समेत गरि ३ पटक सदस्य भएका हुन ।

विभागमा मनोनीत हुनेहरुमा काठमाडौंका दिपकप्रसाद कुईंले, महोत्तरीका गोपाल झा, पाल्पाका कृष्णप्रसाद बस्याल, सुनसरीका तिलक राई, तनहुँका गोविन्द परियार, सुनसरीका चन्द्रेश्वर खत्वे, काठमाडौंका गणेश केसी, ताप्लेजुङकी शिला इजम, कास्कीका गंगाधर पराजुली, झापाका लोकराज ढकाल, मकवानपुरका सन्तबहादुर चेपाङ छन् ।

यसैगरी मोरङका राजु मास्के, कैलालीका उमिद वागचन, काठमाडौंका लीला खनाल, मोरङका चेतराज रेग्मी, रौटहटका मिथलेस मिश्र, सुर्खेतका मोती पौडेल, सुनसरीका पवन अधिकारी, रुपन्देहीकी कमला पाण्डे, रुपन्देहीकै फूलमाया सुनार, कास्कीका राजबहादुर गुरुङ, चितवनका राघव गौतम, काठमाडौंकी अनुषा नेपाल, काभ्रेका निगम हुमागाईं, स्याङजाका गोविन्द मरासिनी पनि उक्त समितिमा मनोनीत भएका छन् ।

यस्तै, विभागमा मनोनीत हुने अन्यमा रोल्पाका हुकुमबहादुर बुढा, पर्साकी रम्भा मिश्र, पाँचथरका लवदेव ढुंगाना, काठमाडौंका दिनेशविक्रम शाह, धनुषाका सुरेश यादव, स्याङजाका इन्द्र रिजाल, रौतहटका मो. ओजिर देवान, सुर्खेतका पूर्णबहादुर नेपाली, कालीकोटका अशोकनाथ योगी, ललितपुरका विष्णुप्रसाद तिम्सिना, संखुवासभाका दिपेन्द्र वान्तावा, महोत्तरीका सज्जन ठाकुर, अस्ट्रेलियामा रहेका प्रकाश खरेल र बेलायतमा रहेका विनोद मोक्तान छन् ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…