२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
देश

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय झण्डा ओढाई आई डि इन्डोर्सी बुर्लाकोटीलाई बिदाई

पोखरा भ्यूज

काठमांडौ, ४ असार । लायन्सको १०५औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेका लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाई एवं सम्मान गरेका छन् । आगामी जुलाई ७ देखि ११ तारिखसम्म अमेरिकाको बोष्टनमा हुने लायन्सको अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका लायन लिडर बुर्लाकाटी अन्तराष्ट्रिय डाइरेक्टर बन्दैछन ।

सोमवार नेपालका लायन्स लिडरहरुसँग प्रधानमन्त्रीको सचिवालयमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बुर्लाकोटीलाई अन्तराष्ट्रिय डाइरेक्टरको सपथ लिन अमेरिका प्रस्थान गर्न लागेकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मानका साथ बिदाई गरेको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले लायन्सको अन्तराष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकोटीले नेतृत्व गर्न लागेकोमा अत्यन्त खुसी लागेको बताउदै लायन्स मार्फत नेपाल अन्तराष्ट्रिय जगतमा थप परिचित हुने विश्वास व्यक्त गरेका थिए ।

दाहालले २११ राष्ट्रमा फैलिएको लायन्सको नेटवर्कमा नेपालको प्रचारप्रसार हुने र नेपालको पर्यटन प्रबर्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

pic-2-1-1536x837.jpg

सो अवसरमा अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले प्रधानमन्त्रीबाट पाएको सम्मानले अत्यन्त गौरवान्वित बनाएको र सामाजिक कार्यमा अझै क्रियाशिल बन्न हौसला मिलेको बताए । यो सम्मान सम्पुर्ण नेपाली लायन्सको सम्मान भएको अनुभुति गरेको, आफु अन्तराष्ट्रिय डाईरेक्टरमा निर्वाचित भएपछि नेपालको लायनिजमको बिकाश र बिस्तारसँगै नेपालमा शिक्षा, स्वास्थ्य र बातावरणको क्षेत्रमा काम गर्न लायन्स अन्तराष्ट्रियबाट ग्रान्ट ल्याउन पहल गर्ने बुर्लाकोटीले प्रतिबद्दता जनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आइडी इन्डोर्सी बुर्लाकोटी सहित, वँहाका स्पाउस ज्ञानु बुर्लाकोटी, जिएटी एरिया लिडर खगेन्द्र सिटौला, लायन्स अन्तराष्ट्रिय मल्टिपल ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन केशब पाण्डे, निबर्तमान काउन्सिल चेयरपर्सन मन बहादुर रोक्का सहित बिभिन्न डिष्ट्रिक्टका पुर्व डिष्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…