
पोखरा भ्यूज
असार १६, पोखरा । लायन्स क्लब्स् इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२३/२४ का डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले डिष्ट्रिक्ट गभर्नर पदको पदभार ग्रहण गर्नु भएको छ । केसीसँगै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खेरेल पाण्डेले पनि पदभार ग्रहण गर्नु भएको हो । यद्यपि, खरेल अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिकाको जानु भएको छ ।
लायन्सको विश्वव्यापी प्रचलन अनुरूप जुलाई १ लाई नयाँ कार्यकालको सुरूवातको दिन मानिन्छ । नयाँ डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी १ वर्षका लागि केसीले गभर्नरका रूपमा पदभार ग्रहण गर्नु भएको हो ।

शनिवार काठमांडौमा सम्पन्न पद ग्रहण समारोहमा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।
पद ग्रहण पश्चात गभर्नर केसीले लायनहरुको नयाँ बर्ष आजबाट शुरु भएको छ, हामीले हाम्रो डिष्ट्रिक्टलाई हाम्रा अग्रजहरूले तयार गर्नु भएको आधार स्तम्भमा टेकेर डिष्ट्रिक्टलाई थप उचाईमा पुर्याउने प्रणका साथ कार्यकाल शुरु गर्दैछौ, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।
केसीले आफ्नो कार्यकालको थिम नेतृत्वका लागि उत्प्रेरित गरौ (Inspire To Lead) को नारा अन्तर्गत रहेर बर्ष सफल बनाउन आफू उत्प्रेरित हुँदै सबैलाई उप्रेरणा प्रदान गर्न आग्रह गर्नु भयो ।
सङ्गठन बलियो बनाउन, योगदानका लागि, तालिम/प्रशिक्षणका लागि, फेलोसिप, नैतिक जिम्मेवार बन्न र सेवाका कामका लागि उत्प्रेरित गर्न लायन्स लिडरहरूलाईआग्रह गर्नु भएको छ ।







सम्बन्धित खवर

















