
पोखरा भ्यूज
४ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार हुँदा अहिलेसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूलय १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । विहीबार प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।











