२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोखराका लायन्स क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ३ अन्तर्गत जोन ६ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ ।

सुक्रवार जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा पिस सिटी, अन्जुली, आरम्भ र देउरालीको संयुक्त पदस्थापन सम्पन्न भएको जोन ६ का जोन चेयरपर्सन सान्तवना पराजुलीले जानकारी दिनु भयो ।

कार्यक्रममा लायनबर्ष २०२२/२३ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा पिस सिटीका हरिप्रसाद अधिकारी, अन्जुलीका निरा कोईराला, आरम्भका गणेश बस्नेत र देउराली लोकनाथ अधिकारीले आफ्ना कार्यकालमा सम्पादन गरेका कार्यक्रम प्रस्तुत गरेका थिए भने लायन बर्ष २०२३/२४ का लागि पदस्थापित अध्यक्षहरू लायन्स क्लब अफ पोखरा पिस सिटीका युवराज खनाल, अन्जुलीका मिना पौडेल, आरम्भका कर्णबहादुर गुरूङ र देउरालीका निर्मल प्रसाद बास्तोलाले जुलाई १ देख़ि क्लबले सम्पादन गरेका काम र बाँकी कार्ययोजना राखेका थिए ।

संयुक्त पदस्थापन समारोहमा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत चन्द्रकुमार केसीले क्लबमा भित्रिएका नयाँ सदस्यलाई लायन सिद्धान्त र मान्यताबारे जानकारी तथा क्लब नवनिर्वाचित पदाधिकारीलाई पदस्थापना गराउनुभएको थियो ।

सो अवसरमा गभर्नर केसीले लायन्स क्लब अफ पोखरा अन्जुलीको स्पोन्सरमा गठन भएको क्लब पोखराआश्था, म्याग्दी पाखापानी र नुवाकोट दरवारको उद्घाटन गर्नु भएको छ । लायन्स पोखरा आश्थामा मुना कुँवर, म्याग्दी पाखापानीमा मन बहादुर शेर पुन्जा मगर र नुवाकोट दरवारमा यमबहादुर गुरूङ अध्यक्ष रहनुभएको छ ।उद्घाटन पश्चात आफ्नो भनाई राख्दै संस्थापक अध्यक्षहरू आश्थाका मिना कुँवर, म्याग्दी पाखापानीका मनबहादुर शेरपुन्जा मगर र नुवाकोट दरवारका अध्यक्ष यमबहादुर गुरूङले लायनवादमा आमन्त्रण गरी सेवा गर्ने अवसर जुटाएकोमा स्पोन्सर क्लब पोखरा अन्जुली प्रति आभार व्यक्त गरेका थिए ।

सो अवसरमा गभर्नर केसीले गत बर्ष  लायन्स क्लब अफ पोखरा पिस सिटीको स्पोन्सरमा खोलिएका क्लब पोखरा देउराली साथै, पोखरा अन्जुलीको स्पोन्सरमा खोलिएका क्लब पोखरा आरम्भ र लियो क्लब पोखरा अन्जुलीको चार्टर हस्तान्तरण गर्नु भएको थियो ।

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर केसीले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता र गर्न बाँकी रहेका सबै सेवा कार्यहरूलाई बर्ष २०२३/२४ मा अगाडि बढ़ाउदै ‘नेतृत्वका लागि उत्प्रेरित गरौं’ भन्ने नारालाई वर्षभरि नै प्राथामिकतामा राखेर काम गर्न र सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न नव निर्वाचित अध्यक्षहरूलाई आग्रह गर्नु भयो। गत बर्ष ल्याईएको महत्वपूर्ण कार्यक्रम ‘मेरो डिष्ट्रिक्ट बलियो डिष्ट्रिक्ट’ र ‘एकपटकको लायन्स सधैको लायन्स’ भन्ने अभिप्रायका साथ क्लबका सम्पूर्ण सदस्यलाई स्थायी सदस्य बनाउन आग्रह गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह, हौसलासाथ लाग्न समेत अनुरोध गर्नु भयो ।

लायन्स क्लब अफ पोखरा अन्जुलीका लायन बर्ष २०२२/२३ का अध्यक्ष निरा कोईराला र लायन्स क्लब अफ पोखरा पिस सिटीका लायन बर्ष २०२३/२४ का अध्यक्ष युवराज खनालले अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका आईपिड़िजी रामबहादुर बसेल, प्रथम र द्वित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरद्वय बिनोद ढुङगाना र पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट चिफ एडभाईजर सूर्य कुमार केसीले गत वर्ष क्लबले सम्पादन गरेका उत्कृष्ट कार्यको प्रसंसा गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो भने पदस्थापित अध्यक्षहरूलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

लायन्स क्लब अफ पोखरा अन्जुलीका सचिव पुजा सिलवालको संचालनमा रहेको कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस सिटीका द्वित्तिय उपाध्यक्ष ज्ञानेन्द्र बहादुर थापा, पोखरा आरम्भका प्रथम उपाध्यक्ष होमनाथ अधिकारी, पोखरा देउरालीका प्रथम उपाध्यक्ष रमेश बहादुर कार्की लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…