
पोखरा भ्यूज
१९ साउन, काठमाडौं । भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका खबर छ । पहिरोले उनीहरू बसेको होटल नै बगाएको समाचार स्रोतले बतायो । बेपत्तामध्ये जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो । केदारनाथमा नेपालीहरु हालसम्म ११ जना बेपत्ता भएको र सो संख्या अझै बढी हुने अनुमान गरेका छन् । उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए । अहिलेसम्म पातरासी २ र ३ का गरी ११ जनाको पहिचान भएको पातरासी गाउँपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले जानकारी दिएकी छन् । यद्यपि उनीहरुको पहिचान खुलेको छैन । दिल्लीस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति ११ः३० बजे पहिरोमा परी हराएको सूचना प्राप्त भएको पुष्टि गरेको छ । दुतावासका अनुसार हालसम्म ३ जनाको शव भेटिएको तर पहिचान हुन नसकेको समाचार संस्थाहरुले जनाएका छन् ।





