
पोखरा भ्यूज
पोखरा । लायन्स/लियो क्लब अफ पोखरा फरक अभियानद्वारा श्री नबिन मावि गैह्रापाटन पोखरामा युनिफर्म तथा स्टेस्नरी वितरण गरिएको छ । विहिवार क्लब अध्यक्ष हरिहर पराजुलीको अध्यक्षता, पोखरा–४ का वडाध्यक्ष देव कृष्ण पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आइ नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना तथा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सिरोज कोइराला लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिद्यालयले छनोट गरेका बिभिन्न विद्यार्थीहरुलाई युनिफर्म, जुत्ता, स्टेस्नरी, पाठ्यपुस्तक तथा क्यालकुलेटर बितरण गरिएको क्लबका अध्यक्ष पराजुलीले जानकारी दिए । बिद्यालयका प्रअ शिरोमणी लामिछानेले यस कार्यक्रमले विद्यार्थी लाभान्वित हुने र उनिहरुको शैक्षिक उन्नयनमा टेवा पुग्ने जानकारी दिए ।क्लबका सचिव समीर बरालले सन्चालन गरेको उक्त कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष आदर्श मोहनभट्टराई, निवर्तमान अध्यक्ष राजेन्द्र बराल लगाएतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा लायन्स/लियो क्लबका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो।











