२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

परिस्थिति अनुसार प्रभावित गर्नसक्ने खुबी वा क्षमता नै नेतृत्व हो- गभर्नर केसी

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले सामूहिक उद्देश्यप्राप्तिका लागि परिस्थिति अनुसार प्रभावित गर्नसक्ने खुबी वा क्षमता नै असल नेतृत्वको गुण भएको बताउनुभएको छ ।

शनिवार पोखरामा आयोजित लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन ११ अन्तर्गतका ३ वटा क्लब लायन्स क्लब अफ पोखरा अर्पण, साधना र पिस टाउनका पदाधिकारीको संयुक्त पदस्थापन समारोहमा गभर्नर केसीले सो कुरा बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘नेतृत्व मानवजातीमा भएको गुण हो, यो सबैले प्राप्त गर्न सक्दैन, जुन व्यक्तिलाई यस्तो गुण प्राप्त हुन्छ, त्यस्ता व्यक्तिले मात्र आफ्ना मातहतका व्यक्तिहरुलाई कुशलताका साथ नेतृत्व प्रदान गर्दछन् ।’

गभर्नर केसी आफ्नो कार्यकालमा अगाडी सारिएको ‘नेतृत्वका लागि उत्प्रेरित गरौं’ भन्ने नारालाई सफल बनाउनसमेत क्लब पदाधिकारीलाई आग्रह गर्नुभयो ।

पदस्थापन समारोहका पदस्थापन अधिकृत समेत रहनु भएका डिष्ट्रिक्ट गभर्नर केसीले तिन वटा क्लबका अध्यक्ष, पदाधिकारी एवं डाईरेक्टरहरूलाई पद तथा गोपनियताको सपथ गराई पदस्थापित गराउनु भएको थियो ।

समारोहमा तिनवटै क्लबका निवर्तमान अध्यक्षहरु पोखरा अर्पणका सुनिता कोईराला, साधनाका रश्मि भण्डारी र पिस टाउनका सिता तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा गरेका कार्यक्रमको विवरण प्रस्तुत गरिएको थियो । आज मात्र पदस्थापित अध्यक्षहरू अर्पणका उर्मिला बस्नेत, साधनाका सिता पौडेल र पिस टाउनका केसीमाया नेपालीले क्लबले हालसम्म सम्पादन गरेका कार्य र भाबी योजना सुनाईएको थियो ।

लायन्स क्लब अफ पोखरा अर्पणका बर्ष २०२२/२३ का अध्यक्ष सुनिता कोईराला र २०२३/२४ का अध्यक्ष उर्मिला बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट चिफ एडभाईजर लगायतले तिनवटा क्लबले समाजमा गरेका कार्यको प्रशंसा गर्दै बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ पोखरा पिस टाउनका सचिव बसन्ती बास्तोला र पोखरा साधनाका सचिव संगीता थापाको संचालनमा रहेको पदस्थापन समारोहमा लायन्स क्लब अफ पोखरा अर्पणका कल्पना बास्तोला, पिस टाउनका प्रथम उपाध्यक्ष कान्ती अधिकारी पौडेल, साधनाका प्रथम उपाध्यक्ष सुनिता गुरूङ लगाएतले आफ्नो भनाई राख्नु भएको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…