२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

गण्डकी क्षेत्रमा पहिलो चरणका पदस्थापन सम्पन्न,

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत पोखरा क्षेत्रमा क्रियाशिल विभिन्न २१ वटा लायन्स क्लबका बर्ष २०२३/२४का क्लब पदाधिकारीहरूको पदस्थापन भएको छ । साउन १६ गते देख़ि सुरु भएको पदस्थापन २० गतेसम्म विभिन्न सात वटा जोन अन्तर्गतका २१ वटा क्लबको संयुक्त पदस्थापन, ८ वटा नयाँ क्लब र २ वटा लियो क्लबको उद्घाटन गरिएको क्यविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी दिनु भयो ।

शनिवार बेलुका मात्र पोखरा क्षेत्रमा क्रियाशिल ३ वटा लायन्स क्लब अफ पोखरा डल्फ़िन, पोखरा न्यू भिजन र गृहलक्ष्मीको संयुक्त पदस्थापन सम्पन्न भएको छ । प्रमुख अतिथि एवं पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले ३ वटै क्लबका पदाधिकारीलाई सामुहिक सपथ ग्रहण गराउनुभएको हो । सो अवसरमा गभर्नर केसीले पोखरा डल्फ़िनको स्पोन्सरमा गठित नयाँ क्लब पोखरा ग्लोरीको उद्घाटन समेत गर्नु भएको छ ।
सपथ ग्रहण समारोहमा वोल्दै गर्भनर केसीले ‘इन्सपाएर टु लिड’ भन्ने मुल नारा लिएर समाजमा क्रियाशिल हुन सबै क्लब पदाधिकारीलाई आग्रह गर्नुभयो । लायन्सबाट समाजले घेरै कामको अपेक्षा गरेको हुन्छ, यसको महत्वपूर्ण जिम्मेवारी सम्झेर पुरा गर्न सबै पदाधिकारीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्षहरु ड़ल्फ़िनका शान्ता बहादुर लामिछाने, न्यू भिजनका चन्द्र प्रसाद पाण्डे र गृहलक्ष्मीका रेनुका गिरी द्वारा आफ्नो कार्यकालमा सम्पादन गरेका कार्य प्रस्तुत गरिएको थियो भने पदस्थापित अध्यक्षहरू डल्फ़िनका रेवती भण्डारी, न्यू भिजनका लक्ष्मण सुनार र गृहलक्ष्मीका सारदा पोखरेलले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आफ्नो कार्यकाल विगतका वर्षहरु भन्दा उत्कृष्ठ वनाएर लायन्सको गरिमा उच्च वनाउने प्रतिवद्धता आएको थियो ।

कार्यक्रममा आईपिड़िजी राम बसेल, प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढ़ुङगाना र पार्वती खरेल पाण्डे, क्याविनेट सेक्रेटरी महेश पाण्डे, ट्रेजरर सन्तोष रावल, चिफ एडभाईजर सूर्यकुमार केसीलगाएतद्वारा लायन्सले समाजमा रचनात्मक भूमिका निर्वाह सँगसँगै मानविय सेवामा समेत क्रियाशिल हुदै दैविप्रकोप जस्ता विपतमा विगतमा जस्तै काम गर्न अध्यक्ष लगाएत पदाधिकारीहरुलाई सुझाव दिईएको थियो ।

कार्यक्रमलाई रौनक़ बनाउन पोखरेली धर्मुस र माग्ने बुढ़ाले सन्देश मूलक हास्यब्यंग प्रस्तुत गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…