
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा बिहीबार केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो । न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन् । जिल्ला न्यायधिश दन्डपाणी शर्माले उक्त आदेश गरेका हुन् ।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका अन्यलाई भने ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।











