19Shares

हरिप्रसाद बास्तोला

आमा बाबुलाई नगर हेला

तिम्रो पनि आउछ दिन त्यही वेला

छोरा पायो अर्कालाई सुख्ख,

जन्मदिने बाआमा झन दुःख

धान झुलेको ,कहाँ जाम कहाँ जाम भई रछ मन डुलेको

पोखरा महानगरपालिका वडा नं. १७ म्यूजियममार्गमा भेटिएका विरबहादुर गन्दर्भ सारङ्गीको धुनमा जन्मदिनेआमा बुवालाई माया स्नेह दिनु पर्दछ भन्ने घरदैलोमा पुगेर प्रस्तुत गरेको सन्देश मुलक गित हो यो

सन्तानबाट जन्मदिने बुवाआमालाई उमेरको उत्तरार्धमा जति माया दिनु पर्ने हो त्यति नपुगेको समाजकोपरिदृष्यलाई चरितार्थ गर्दै सारङ्गी धुनमा हृदयविदारक गित गाउँनु यतिखेर उनको दैनिकी बनेको

अहिले आमाबुबालाई हेला गर्दा त्यो अवस्था भोलि आप्mनो पनि भोग्नु पर्छ भनेर भुल्न नहुने, जन्मदाताआमाबुबालाई खुशी राखेर आशिर्वाद लिनुपर्ने जस्ता लय सहितको सारङ्गी धुन सुन्दा जो कोही को पनि आँखारसाउने गर्दछन्

पछिल्लो समय ६१ बर्षीय गन्दर्भले समाजका विकृति विसंगतीका विरुद्धमा सारङ्गी बजाउँदै गित गाउनेआप्mनो पुख्यौली पेशामार्पm समाजलाई सचेत गराउँदै  जिविकोपार्जनको आधार बनाउँदै आउनु भएको

पोखरा ३२ तल्लो गगनगौडामा वस्दै आउनुभएका ट्वाक्क कान नसुन्ने  तोते वोली भएका विरबहादुरलेभन्नुभयो, माइला दाजु ठाकुर गायकले दिनुभएको सारङ्गी यतिखेर जीविकोपार्जनको साधन बनेको सारङ्गी विशेष गरि पहिला खिर्राको काठको बनाउने भएपनि दाजुले दिएको भने बकाईनोको भएको उहाँलेबताउनुभयो

सारङ्गी रेटदै गित गाउँनु जिवन धान्ने पेशा नै बन्दै आएको बताउँदै उहाँले थप्नुभयो, “एक बर्ष अघिदेखिसरकारले दिने सामाजिक सुरक्षा भक्ता अन्तर्गत मासिक तीन हजार पाउने गरेको छु

श्रीमती, तीन छोरी सहित पाँचजनाको परिवारलाई शिक्षा दिक्षा पालनपोषणको गर्जो टार्दै आएको छोरीहरुकक्षा १२ ११ कक्षामा पढ्दै छन्

हिउँदको समयमा नजिकैको खोलाको खानीमा ढुङगा, बालुवा गिटी निकाल्ने मजदुरी काम गर्ने गरेको बताउँदैउहाँले भन्नुभयो, बर्षा लागेपछि खोलाको काम बन्द भयो सारङ्गी बोकेर पोखरातर्पm लाग्ने गरेको छु घरकोढोकामा पुगेर गितगाउँछु सहयोगी मनहरुले स्वस्फुर्त दिएको सहयोग लिएर गितबाट आर्शिवाद दिने गरेकोउहाँको भनाई

दिन भरी घरघरमा पुगेर सारङ्गीको धुनमा गित सुनाउँदा कहिले दुई हजार ५०० सम्म हुने गरेको बताउँदै उहालेकस्तै भएन भन्दा पनि एक हजार नघटेको जानकारी दिनुभयो् घरदैलोमा जाँदा पनि सजिलो छैन, कहिमानिस हुँदैनन् भने कही कुकुरले गेटमा हेर्नपनि नदिने गरेको उहाँको दुखेसो

अर्काको घरमा गोठो वसेर जिविकोपार्जन गर्दै आएको गन्दर्भ भन्नु हुन्छघरभेटीले झाक्री बोलाएर एउटाकुखुराको भालले पुजा गरेपछि ३८ बर्षको उमेर पहिलो पटक मुख बोल्न पाउँदा अन्यन्तै खुशीको क्षण भएकोराससलाई सुनाउनुभयो विहान सवेरै खाना खाएपछि सारङ्गी बोकेर घरबाट निस्कने झमक्क साझपरेपछि घर फर्कने उहाँको दैनिकी बनेको

पोखरा महानगकाका अधिकांश वडामा पहेलो पहिरनमा माग्नेको विगविगिनै रहेको वर्तमान अवस्थामासारङ्गीको धुनमा कला प्रस्तुत गरेर उनलाई धेरै थोरै आर्थिक सहयोग गर्न पाउँदा स्थानीय वासिन्दाले खुशीव्यक्त गरेका छन्

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected