२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरामा हुने दोश्रो महानगर सम्मेलनको तयारी पुरा

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाले नेपाली कांग्रेस वडा ईकाई सभापति र निर्वाचित वडा अध्यक्ष सहितको संयुक्त बैठकको आयोजना गरेको छ ।

आईतबार कांग्रेस पोखरा महानगर कार्यसमितिको आयोजनामा आउदो २७ गते पोखरामा हुन गईरहेको दोश्रो महानगर सम्मेलनको तयारीका बारे छलफल गर्न बैठकको आयोजना गरेको हो ।

बैठकमा सम्मेलनको पुर्व तयारी र महत्वपुर्ण राय, सल्लाह र सुझाव संकलन गरिएको थियो ।

बैठकमा ईकाई सभापतिहरुले राखेको भातृसंस्थाको पछिल्लो समयमा देखिएका समस्याका बारेमा प्रश्नको जवाफ दिदै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीभित्र विधान सर्वेसर्व हुने धारणा व्यक्त गरे । सभापति बरालले भने ‘विधान बमोजिम नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे र नेविसंघका सभापति गौरव बराल नै हुन्।’

पार्टी भित्र स्वार्थका लागि गुट उपगुट निर्माण गरी क्षणिक रमाईलोमा लाग्नेहरुको पछि नलागि विधान बमोजिम संयमित रुपमा लाग्न सबै ईकाई सभापतिहरुलाई आग्रह गरे । साथै सभापति बरालले महानगर सम्मेलनको सफलताको शुभकामना सहित सहकार्यका लागि जिल्ला समिति तयार रहेको विचार व्यक्त गरे ।

बैठकमा बोल्दै पोखरा महानगरपालिका संसदीय दलका नेता दिवसमान प्रधानांगले नेकाबाट निर्वाचित वडा अध्यक्षहरु विकासका लागि एक हुनुको विकल्प नरहेको बताए । महानगर सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि आफु सधै तयार रहेको बताउदै भने ‘महानगर सम्मेलनका लागि सक्दो सहयोग गर्न तयार छु ।’ साथै प्रधानांगले पार्टीभित्र अनुशासनहिनता मौलाउदै गएकोप्रति दुख व्यक्त गर्दै वेतेथि छाडी सम्मानको संस्कारमा जोड दिए ।

बैठकमा बोल्ने वक्ताहरुले प्रत्येक वडा र टोलहरुमा कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिनु पर्ने, पार्टीप्रति जिम्मेवारीका साथै अनुशासनका पाठ सिकाउनु पर्ने आवश्यकता पनि औल्याएका थिए ।

यसैगरी बैठकमा बोल्ने अधिकांश वक्ताहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि र संगठन मजबुद बनाउन स्वार्थभन्दा माथि उठेर पार्टी हितका लागि लाग्नु पर्ने साथै एकले अर्काको सम्मान गर्न सक्नु पर्ने आवश्यकता समेत औल्याईएको महानगर सम्मेलन प्रचारप्रसार संयोजक तथा सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

केन्द्रीय महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गईरहेको महानगर सम्मेलनमा ईकाई सभापतिहरुले कार्य प्रगतिवेदन, पार्टीका नीतिगत समस्या, पार्टी सुदृढिकरण लगायतका विविध विषयमा छलफल गरिने महानगर सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

महानगर सम्मेलनको तयारी लगभग सकिएको र कार्यक्रम पोखरा उधोग वाणिज्य संघको सभाहलमा ११ः३० बजेदेखि संचालन हुने प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए ।

सभापति सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव टुवराज बॅास्तोलाले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…