२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026
खबर

पोखरामा मनाईयो मुटु रोग दिवस

पोखरा भ्यूज

पोखरा, १२ असोज । मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्न सचेचनामूलक कार्यक्रम गरी पोखरामा मुटु रोग दिवस मनाइएको छ  । मुटु दिवसकै सन्दर्भ पारी स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रा. लि. र टाईगर ग्रुप अफ पोखरा नेपालको संयुक्त आयोजनामा सुक्रवार सचेतना मूलक कार्यक्रम गरी मुटु दिवस मनाईएको हो ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य, प्रदेश सरकारका सचिव, पालिका प्रमुख लगाएत विभिन्न संघ संस्थाको सहभागितामा पोखरा–६, हल्लन चोक देखि अम्बट फिस्टेल गेटसम्म सचेतना मूलक र्रयाली गरी कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्वस्थ मुटु नेपालका अध्यक्ष डा. सूर्य देवकोटाले व्यस्त जीवनशैली र खानपानका कारण आज हामी मुटुरोगको सम्भावित जोखिममा छौं, त्यस्का लागि स्वस्थ खानपान, आराम तथा व्यायामको सन्तुलनले मुटु रोगमा नियन्त्रण गर्न सकिने बताए । तर, यसका लागि जनचेतना पनि आवश्यक भएको समेत उनले सुनाए । मुटुरोग लाग्नाको कारण उच्चरक्तचाप, उच्च कोलेस्टोर, धुम्रपान, मधुमेह (सुगर), तौलको असन्तुलन, ब्यामको कमी, मद्यपान लगाएत रहेको डा. देवकोटाले बताए ।

आयोजक संस्था चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेलले पोखरामा चरकले मुटुसम्बन्धी सेवा प्रदान गर्दै आएको बताए ।

टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम टाईगर ग्रुपका महासचिव एवं गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले संचालन गरेका थिए ।

Read more

समाजसेवाको स्वर्णिम उदाहरण : लायन्स क्लबले बनायो आरोग्य भवन

पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखराले मानवीय सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण योगदान दिएको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण…

नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की ‘बसन्त’ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.…

डिएलए नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ। संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक…

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…