100Shares

पोखरा भ्यूज

पोखरा, १२ असोज । लायन्स क्लब अफ पोखरा जननीले पोखरा१०, अमरसिंचोकमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले रक्तदान गरेको क़ार्यक्रम संयोजक एवं क्लबका एडभाईजर अन्जु नेपालीले जानकारी दिईन् ।

महिला मात्रको क्लब लायन्स क्लब अफ पोखरा जननीकीका अध्यक्ष शान्ती अधिकारीको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्टका सिनियर लिडरहरुको उपस्थिति रहेको थियो

पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि ढुङगानाले रक्तदानको महत्व बारे प्रकाश पारेका थिए । उनले रगतबिना मानिसको जीवन सम्भव नहुने बताउदै मानिसको शरीरलाई जीवित राख्न र शरीर सञ्चालन गर्न रगत अपरिहार्य रहेको बताए । ‘रक्तदानलाई जीवनदान‘ स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिने भन्दै एक व्यक्तिले दान गरेको रगतले अर्को व्यक्तिको ज्यान बचाउने महाअभियानमा सहभागिता जनाउन सबैलाई आग्रह गरेका थिए ।

रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताले रक्तदान गरेको क्लबका संस्थापक अध्यक्ष एवं जोन चेयरपर्सन बद्रिका ढुङगानाले जानकारी दिईन् ।

क्लबका सचिव निर्मला बस्ताकोटीको संचालन रहेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष इन्दु कोईरालाले धन्यवाद ज्ञापन गरेकी थिईन् ।

100Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected