२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई को क्याविनेट मिटिङ पोखरामा : तयारी तीव्र

पोखरा भ्यूज

पोखरा, १९ असोज । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको असोज २६ र २७ गते पोखरामा हुने दोस्रो क्याबिनेट मिटिङको तयारी तीव्र पारिएको छ। लायन्स क्लब अफ पोखरा आदर्शको ब्यवस्थापनमा हुने क्याबिनेट मिटिङको तयारी तिब्र बनाइएको सुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

एस.आर.केसी. ब्याङक्युट माटेपानी पोखरामा सम्पन्न हुने मिटिङ २६ गते क्याबिनेट पदाधिकारीहरुको र २७ गते सम्पूर्ण लायन्स सदस्य सम्मिलितको बैठक हुने क्याविनेट मिटिङ तयारी समितिका संयोजक नविन भण्डारीले जानकारी दिए । ‘तयारीको काम भइरहेको छ, प्रि-रजिष्टेसन गर्ने क्रम जारी छ ।’ करिव एक हजार जनाले प्रि रजिष्टेसन गर्ने अपेक्षा गरिएको छ संयोजक भण्डारीले बताए ।

दोस्रो क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ नविन भण्डारी संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट को–अर्डिनेटर सुरेन्द्रमान सिं भण्डारी सह–संयोजक रहने गरी विभिन्न १३ वटा उपसमिति गठन गरिएको आयोजक क्लब आदर्शका अध्यक्ष बिष्णु गौतमले जानकारी दिए ।

अध्यक्ष गौतमका अनुसार स्मारिका प्रकाशन उपसमितिमा गोविन्द चापागाई, मंच व्यवस्थापनमा वुद्घि व. खत्री, प्रचार तथा सुचनामा दिनेश भण्डारी, खाना, खाजा र अतिथि व्यवस्थापनमा संजय कुमार अधिकारी, रजिष्टेशनमा कृष्ण गुरुङ, अर्थ व्यवस्थापनमा दिल व.थापा, स्वागत, सत्कारमा शोभा वाँनिया, खानेपानी तथा पार्किङ्गमा गणेश वस्नेत, स्वास्थ्य तथा प्राथामिक सेवामा रमेश थापा, सचिवालय व्यवस्थापनमा मिलन केसी र किट व्याग व्यवस्थापनमा भोज व. केसी लगायतकाको उप समिति गठन गरी तयारीलाइ तिव्र बनाइएको छ ।

डिष्ट्रिक्ट ‘आई’ अन्तर्गतका १ सय ६६ क्लबबाट करिब १ हजार भन्दा बढी लायन सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको उक्त क्याविनेट मिटिङका सह– संयोजक सुरेन्द्रमानसिं भण्डारीले पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार कार्यक्रममा पोखराको मौलिक संस्कृति झल्कने सारङ्गीको धुन र लक्ष्य व्याण्डको सांगितिक प्रस्तुति राखिने छ ।

क्याविनेट मिटिङ सब्य भव्य बनाउनका साथै उल्लेख्य उपस्थिति जनाउन निमन्त्रणा लागि संयोजक भण्डारी सहितको टोली शनिवार काठमांडौं जाने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीका अनुसार पोखरामा हुन गइरहेको दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्टले हालसम्म सम्पादन गरेका कार्यहरू र आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा छलफल हुनेछ । क्याविनेट मिटिङले लायन्स सदस्यहरू बिच फेलोशिप बृद्दी गराउने र यसले समग्र पोखराको पर्यटन प्रबर्धनमा समेत टेवा पुग्ने गभर्नर केसीको भनाई छ । 

रजिस्ट्रेसनका लागि क्लबका निवर्तमान अध्यक्ष कृष्ण गुरुङ संयोजक रहने गरी रजिष्ट्रेसन सहजताका लागि बागमती एरियामा धिरज श्रेष्ठ, रामहरी अर्याल, संगिता शर्मा, संगिता थापा के सी र शुशिल कुमार बस्न्यात साथै गण्डकी एरियाका लागि नगेन्द्र राज बराल, हिरा भण्डारी, गंगा बिलास लोहनी र मोहनराज पौडेललाई जिम्मेवारी प्रदान गरीएको छ ।

स्मरणीय रहोस्, डिष्ट्रिक्ट ३२५ आई नेपाल सर्भिस, रिपोर्टिंग र मेम्बरशीप ग्रोथमा पछिल्लो तीन महिनामाविश्वको पहिलो स्थानमा रहन सफल भएको छ । मानवीय सेवाका कार्यमा प्रतिबद्व लायन्सअन्तर्राष्ट्रियमा आवद्व २१२ राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले सर्भिस, रिपोर्टिंग रपुन: सर्वाधिक धेरै क्लब, ३१ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्तगरेको हो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…