२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

पोखरा म्याराथनको सह-प्रायोजकमा कृषि विकास बैंक

पोखरा भ्यूज
पोखरा, १९ असोज । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह-प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह-प्रायोजकको रुपमा रहने भएको हो । सह-पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ ।

“सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि बिकास बैंक सह-प्रायोजकको रुपमा रहने भए संगै नगद रु ५ लाख सहयोग गर्ने भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् ।

देशका ठूला बैंकहरु समेत पोखरा म्याराथन प्रति आकर्षण बढ्न थालेकोले पनि पोखरा म्याराथनले उचाई प्राप्त गरेको जनाउँदै अध्यक्ष पराजुलीले भने-“देशकै ‘क’ बर्गको रुपमा रहेको कृषि विकास बैंकले विगत चार वर्ष देखि निरन्तर पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्दै आइरहेको छ । यो हाम्रो लागि निकै खुसीको विषय हो । म मञ्चको तर्फबाट कृषि विकास बैंक परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।” अन्य बैंक तथा वित्तिय संस्था लगायत व्यवसायिक प्रतिष्ठानहरु समेत पोखरा म्याराथनलाई सहयोग गर्न इच्छुक रहेको उनले उल्लेख गरे ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भए संगै अन्तर्राष्ट्रिय धावकहरुले आफ्नो नाम अनलाइनमार्फत दर्ता गर्ने प्रकिया समेत सुरु भएको जानकारी दिंदै अध्यक्ष पराजुलीले १८ औं सस्करणको पोखरा म्याराथनलाई नेपाल रन युकेको सहयोगमा पूणर्रुपमा प्रविधि मैत्री बनाउनेतर्फ अघि बढेको जानकारी दिए ।

यस अघि वि विल राइज फाउन्डेशनका संस्थापक समेत रहेका तुलसी कुमार गुरुङले नगद रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । सुजल डेरीको मुख्य प्रायोजनामा हुने पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगर पालिकाले मुख्य रुपमा सहयोग गर्दै आइरहेका छन् भने प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके रहेको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…